दक्षिण कोरियामा कोरोना संक्रमित मध्ये ९० प्रतिशतको सफल उपचार

कोरिया जानाकारी

सोल

दक्षिण कोरियामा कोरोना संक्रमण सुरु भए यता अस्पतालबाट सफल उपचार गराएर फर्कने मानिसहरुको दर करिव ९० प्रतिशत पुगेको छ ।

सोमवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार करिव ४ महिनाको यो संक्रमण अवधिमा ९० प्रतिशत हाराहारीमा मानिसहरु संक्रमण मुक्त भएका हुन् ।

गएको जनावरी २० तारिखमा पहिलो संक्रमण पाइए यता दक्षिण कोरियामा संक्रमितहरुको संख्या ११,०६५ पुगेको छ ।तथ्याङ्कका अनुसार संक्रमित मध्ये ९,९०४ जना कोरोना संक्रमणको सफल उपचार पश्चात घर फर्किएका छन् जुन कुल संक्रमितहरुको संख्याको ८९.५ प्रतिशत हो ।

यो तथ्याङ्क कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो । विरामी ठीक हुने दर मार्च महिनामा करिव ५० प्रतिशतको हाराहारीमा रहेकोमा अप्रिलको आधा आइपुग्दा ७० प्रतिशतको आसपासमा आइपुगेको थियो ।

हाल संक्रमणको उपचार गराइरहेका संक्रमितहरुको संख्या ८९५ जना रहेको केन्द्रले बताएको छ । केन्द्रले दिएको तथ्याङ्क अनुसार हालसम्म संक्रमणका कारण २ सय ६३ जनाले ज्यान गुमाएका छन् जुन कुल संक्रमितहरुको संख्याको २.३८ प्रतिशत हो ।

केद्रका अनुसार कोरियामा संक्रमणको दर घटेता पनि, विरामीहरु घर फर्कि सकेता पनि सरकार कोरोना रोकथामका लागि हमेसा तयारी हालतमा रहने जनाएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *