तत्काल काेराेनाकाे महामारी नियन्त्रण आउने सम्भावना छैन – डब्लुएचओ

समाचार

काठमाडौं

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको जनाएको छ।

विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले चेतावनी दिएका छन् ।

टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् ।

विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *