एजेन्सी । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका छन् ।
मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका समयमा उनले केही समय मास्क लगाएका थिए ।
उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई नदेखाएका अन्तर्राष्ट्रिय संचारा माध्यमले जनाएका छन् ।
उनले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन् ।
तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । फोर्डले आफ्ना प्लान्टहरुमा जानका लागि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । यस्तै मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ ।
फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको बताएको थियो ।