कोरोनालाई जित्न धेरै भन्दा धेरै चर्चहरु खोल्ने डोनाल्ड ट्रम्पको घोषणा

समाचार

काठमाडौं

पछिल्लो समय अमेरिकालाई प्रार्थना जरुरी रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् ।

नियमित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको तर्क गरेका हुन् ।

अमेरिकामा धेरै प्रार्थना आवश्यक भएको भन्दै उनले धेरै नै चर्चहरु खोल्नुपर्ने बताएका हुन् ।

शुरुमा लकडाउनको विरोधमा रहेका ट्रम्प मानवीय क्षतिले रेकर्ड बनाउन थालेपछि लकडाउनका लागि तयार भएका थिए । त्यति नै बेला कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको थियो ।

चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको अधिकार प्रयोग गर्दै आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् ।

उदाहरणका लागि उनले प्रान्तलाई प्राप्त हुने सहायता कटौती गर्ने लगायतका धम्की दिएर गभर्नरलाई सहमत गराउन सक्छन् ।

यद्यपि, अहिलेसम्म ट्रम्पले धम्कीको हतियार प्रयोग गरिसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *