खुशिको खबर:भाषाको तयारी गरेकाहरूलाई डिजिटल प्रविधिबाट परीक्षा गराउन कोरिया तयार:

कोरिया जानाकारी

काठमाडौं :

यही जेठमा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो ।

तर परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको बताएको छ ।

नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मंगलबार रोजगार विभागमा भएको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिका अनुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।हरेक वर्ष लगभग ७ हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् ।

यस वर्ष पनि ७ हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । लक डाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता भइरहेको थियो । तर यही बेला कोरिया सरकारले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *