एजेन्सी–
रोजगारीका लागि लाखौं नेपालीहरु रहेको दक्षिण कोरियामा लगातार तेस्रो दिन पनि कोरोना संक्रमित भेटिएका छन् ।
न्यूज एजेन्सी सिन्ह्वाका अनुसार त्यहाँ तेस्रो दिन २० भन्दा बढी मानिसमा संक्रमण देखिएको हो ।संक्रमितमा ८ जना विदेशी नागरिक रहेका छन् ।
यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २६६ जनाको मृत्यू भइसकेको छ । यहाँको मृत्यूदर २.३८ रहेको छ ।यहाँ कोरोना परीक्षणको दायरा व्यापक बनाउँदै जनवरी ३ पछि ८ लाख २० हजारभन्दा बढी मानिसको परीक्षण गरिएको थियो ।
यीमध्ये ७ लाख ८८ हजार ७६६ मानिसमा नतिजा नेगेटिभ भेटिएको थियो ।पछिल्लो समय पनि सरकारले २० हजार ३३३ नमूना परीक्षण गरिरहेको छ ।
दक्षिण कोरोना परीक्षणको दायरा बढाउने तर लकडाउन नगर्ने राष्ट्र हो । यहाँको कोरोना नियन्त्रणको तरिका संसारभरी चर्चा हुने गर्दछ ।
दक्षिण कोरियामा अहिलेसम्म ११ हजार १९० कोरोना संक्रमित भेटिएकोमा १० हजार २१३ जना निको भइसकेका छन् । ७११ जना उपचाररत छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ ।