सोल
-उत्तर कोरियालि सर्वोच्च नेता किम जोङ उन हालै एक सैन्य बैठकमा सहभागी भएका छन् ।
उत्तर कोरियालाई आणविक हतियारमा थप शसक्त बनाउने तथा अत्याधुनिक आणविक हतियार विस्तारको दायरालाई फराकिलो बनाउने सम्बन्धि विषयमा सो बैठक केन्द्रित रहेको समाचारमा बताइएको छ ।
किम सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैनिक आयोगले आयोजना गरेको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा हतियारका अलावा सैन्य क्षमतालाई कसरि अझ शसक्त रुपमा कसरि अगाडी बढाउने भन्ने विषयमा समेत चर्चा भएको थियो ।
उनले बैठकमा आफ्नो सैन्य क्षमतालाई आणविक युद्दका लागि कसरि तयार राख्ने र उच्च सतर्कतामा राख्ने बिषयमा पनि छलफल भएको थियो ।
सैन्य गतिविधिलाई अझ परिस्कृत गरि आउन सक्ने समस्याहरुसँग शसक्त रुपले प्रतिकार गर्न उनले सो बैठकमा सैनिक अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार किम जोङ उनले महत्वपुर्ण ७ वटा मुद्दामा हस्ताक्षर गरेका छन् । उनले सैन्य कमाण्डिङ प्रविधिमा समेत परिमार्जन गर्न आदेश दिएका छन् ।हटपाटीबाट