सोल
दक्षिण कोरियाली विद्युतीय सामाग्री निर्माता कम्पनि सामसुङले त्यहाँकै औषधि तथा खाद्य सुरक्षा मन्त्रालयबाट इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मापन गर्ने प्रणालीको बिकास गर्न अनुमति प्राप्त गरेको छ ।
कम्पनिले सो अनुमति पश्चात डिजिटल स्वास्थ्य सेवा सुरक्षाको क्षेत्रमा ठूलो फड्को मार्न सकिने समेत जनाएको छ ।
मन्त्रालयको अनुमति सँगै अब सामसुङ कम्पनिका स्मार्ट घडी लगाउने तथा सामसुङ हेल्थ केयर एप मार्फत इसिजी मुल्याङ्कन गर्न सकिने छ ।
कम्पनिका अनुसार गत अगस्टमा सार्वजनिक गरिएको ग्यालेक्सी वाच एक्टिभ २ स्मार्ट घडीले इसिजी मापन गरणन सक्दछ । स्थानीय कानुनी झमेलाका कारण उक्त फिचर हाल उपलब्ध गराइएको छैन ।
कम्पनिले दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई समेत सहयोग हुने भन्दै उक्त प्रविधिको विकास गरेको जनाएको छ । इसिजी मापन गर्ने क्षमताको उक्त स्मार्ट घडी अागामी जुलाई देखि सेप्टेम्बरको विचमा सर्वसाधारण सम्म पुर्याउने कम्पनिको दावी रहेको छ ।
उक्त स्मार्ट फोन मार्फत इसिजी सुविधा लिन सजिलो ठाउँमा बसेर उक्त एप खोली औँलाको टुप्पालाई घडीको माथि करिव २ मिनेट ३० सेकेन्ड राखे पश्चात नतिजा आफै हेर्न सकिने कम्पनिले बताएको छ । कम्पनिले मन्त्रालयबाट रक्तचाप मापन गर्ने प्रविधिको विकास गर्ने अनुमति समेत प्राप्त गरेको छ ।
यस प्रविधिले जनतालाई उनीहरुको समस्याको बारेमा ज्ञान हुने मात्र नभई समस्याका बेला डाक्टरहरु सँग सल्लाह लिन समेत सहज हुने कम्पनिको दावी छ । कम्पनिले मानव स्वास्थ्यका क्षेत्रमा अझ बढी आधुनिक र परिस्कृत रुपले कसरि जाने भनेर विश्लेषण समेत भइरहेको जनाएको छ ।हटपाटीबाट