कोरियामा रहेका नेपालीलाई सहज बनाइ दिन दूताबासको आग्रह

कोरिया जानाकारी

सोल

सोलस्थित नेपाली राजदूताबासले नेपाली कामदारहरुलाई कानुनी झन्झट नहुनेगरि कार्य गरि दिन कोरियन सरकारको विभिन्न निकायमा पत्राचार गरेको छ।

विश्वभर फैलिरहेको कोरोना माहामारीका कारण हाल नेपालमा लकडाउन रहेको र संक्रमण फैलिन नदिन नेपाल सरकारले पछिल्लो पटक जुन २ तारिखसम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको पत्रमा जनाइएको छ।

पत्रमा संक्रमणलाई नियन्त्रण गर्न सरकारले सिमा तथा सम्पुर्ण आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान समेत जुन १४ तारिख सम्म बन्द गरेको जनाउदै यसको प्रत्यक्ष असर हाल कोरिया लगायतका अन्य मुलुकहरुमा रोजगार, अध्ययन तथा अन्य प्रयोजनले रहदै आएका नेपालीहरुमा परेको असर प्रति कोरिया स्थित नेपाली राजदुतावास गम्भिर रहेको जनाइएको छ।

कोरियामा रहेका नेपाली कामदार,बिद्यार्थी ,ब्यबसायीसंग सम्बन्धित कार्यालयहरुमा पठाईएको पत्रमा नेपालस्थित कन्सुलर विभाग, परराष्ट्र मन्त्रालय मार्फत आउनुपर्ने अत्यावश्यक प्रमाणित कागजातहरु त्यहाँको बन्दाबन्दीका कारण प्रभावित भएको र दूतावासले सोही विषयमा विभिन्न व्यक्तिहरुबाट फोन, मेसेज तथा ईमेलहरु समेत प्राप्त गरिरहेको उल्लेख छ।

‘यस विषम परिस्थितिमा परिस्थितिको गाम्भिर्यतालाई मुल्याङ्कन गर्दै कोरियामा रहेका नेपालीहरुको भिसा म्याद सकेसम्म लम्ब्याई तथा उनिहरुको बसाईलाई कानुनी झण्झट मुक्त बनाएर नेपाल सरकारको अर्को निर्णय नभइन्जेलका लागि सहज बनाइदिनु हुन सम्बन्धित सम्पुर्ण कोरियाली निकायहरुमा हार्दिक अनुरोध गर्दछु ।’ दूताबासको पत्रमा उल्लेख छ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *