कोरियामा क्वारेन्टाइन नियम नमान्नेलाई पहिलो पटक ४ महिना कैद सजाँय

कोरिया जानाकारी

सोल

दक्षिण कोरियामा कोरोना संक्रमण रोकथाम गर्न विभिद नियमहरु बनाइएको छ । पछिल्लो पटक क्वारेन्टाइन नियम नमान्नेलाई नगद तथा जेल सजाय हुने प्रावधान समेत लागु गरिएको छ ।

सोही प्रावधान अनुरुप क्वारेन्टाइन नियम नमान्ने एक व्यक्तिलाई कोरियामा चार महिनाको जेल सजाय सुनाइएको छ । समाचार अनुसार कोरोना संक्रमण सुरु भए यता नियम नमान्नेलाई जेल पठाइएको यो पहिलो घटना हो ।

किम थर भएका २७ बर्षिय कोरियाली नागरिकलाई सरकारले अनिवार्य १४ दिने क्वारेन्टाइनमा पठाएको थियो । उनी सेन्ट मेरि हस्पिटलबाट संक्रमण उपचार पश्चात सेल्फ आइसोलेशनमा बस्नु पर्नेमा अटेर गरेर नियम विपरित सामाजिक जिवन विताइरहेका थिए ।

उनी डिस्चार्ज पश्चात विभिन्न क्षेत्रमा भ्रमण गरेका थिए । घटना लगत्तै किमकी आमाले प्रहरी समक्ष सजाय मिनाहाका लागि अपिल गरृकी थिइन् भने किमले पनि सोही प्रकृतिको अपिल गरेका थिए ।

अदालतले भने किमले गरेको अपराधको कडा भन्दा कडा सजाय हुनपर्ने ठहर गर्दै संक्रमण ऐन अनुसार कारवाही गरिने जनाएको हो । उनी सँगै अर्का एक व्यक्ति पनि जेल जाने भएका छन् । ६८ बर्षिय ती मानिसलाई पनि जुन १६ तारिखमा अदालत उपस्थित गराइदै छ ।

उनलाई ६ महिनाको जेल सजाय हुने पनि सञ्चार माध्यमहरुमा समाचार आएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *