कोरियामा सेल्फ क्वारेन्टिनको नियम नमान्ने एक ब्याक्तिले पाए ४ महिनाको जेल सजाय

कोरिया जानाकारी

सोल।

दक्षिण कोरियामा सेल्फ क्वारेन्टिनको नियम नमान्ने एक ब्याक्तिले ४ महिनाको जेल सजाय पाएका छन् ।

कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि सरकारले विदेश बाट फर्किने नागरिक , उपचार पश्चात निको हुने तथा नयाँ संक्रमित संग सम्पर्कमा आएका ब्याक्तिलाई अनिबार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने प्राबधान जारि गरेको छ ।

सोहि प्राबधान अनुरुप क्वारेन्टिनको नियम नमान्ने किम थरका एक व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ । कोरियाली संचार माध्यमका अनुसार कोरोना संक्रमण सुरु भए यता नियम नमान्नेलाई जेल पठाइएको यो पहिलो घटना हो ।

२७ बर्षिय उक्त कोरियाली नागरिकलाई सरकारले अनिवार्य १४ दिने क्वारेन्टाइनमा पठाएको थियो । उनी सेन्ट मेरि अस्पतालबाट संक्रमणको उपचार पश्चात सेल्फ आइसोलेशनमा बस्नु थियो ।

तर नियम विपरित उनले पटक पटक मार्ट , साउना तथा पार्कहरु घुम्ने गरेका थिए ।पहिलो चेतावनीका बाबजुत पनि नियम उल्लङ्घन गरेपछि अदालतले उनलाई ४ महिनाको जेल सजाय सुनाएको हो ।

कोरियामा उनी सँगै ६८ बर्षीय एक अर्का व्यक्तिलाइ पनि पनि सोहि प्रकृतिको नियम उल्लङ्घन गरेको आरोपमा जुन १६ तारिखमा अदालत उपस्थित गराइदै छ ।उनलाई ६ महिनाको जेल सजाय हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *