उत्तर कोरियाले नयाँ पनडुवी सैन्य जहाज सञ्चालनमा ल्याउदै

कोरिया जानाकारी

सोल

अमेरिकामा राष्ट्रपतिय चुनाव नजिकिदै गरेका बेला उत्तर कोरियाले भने ब्यालेस्टिक मिसाइल हान्न सक्ने अत्याधुनिक पनडुवी जहाज सञ्चालन गर्ने तयारि अन्तिम चरणमा पुगेको बताएको छ ।

उसले यो कार्यलाई आणविक हतियार शसक्तिकरणको यौटा नयाँ अध्यायको रुपमा चित्रण गरेको छ ।

तीन साता लामो गुप्तवास पश्चात उत्तर कोरियाली नेता किम जोङ उनले आणविक कार्यक्रमलाई अझ शसक्त बनाएर लैजाने आफ्नो उच्च स्तरिय बैठकमा बताए लगत्तै पनडुवी सैन्य जहाज बारे समाचार आएको हो । समाचारका अनुसार उत्तर कोरियाले गत बर्ष मात्र रणनीतिक हतियार सार्वजनिक गर्ने बताएको थियो ।

यता दक्षिण कोरियाली इन्टेलिजेन्स अधिकारीहरुका अनुसार उनीहरुले उत्तर कोरियाले सन् २०१९ बाट गरिरहेका आणविक हतियार विकासलाई अत्यन्तै सूक्ष्म अध्ययन गरिरहेको बताएको छ ।

अधिकारीहरुका अनुसार उत्तरले बनाउदै गरिएको भनेको उक्त सैन्य पनडुवी जहाज ३००० टन को रहने र यसले ३ वटा ब्यालेस्टिक मिसाइलहरु बोक्न सक्दछ । अधिकारीहरुका अनुसार उक्त पनडुवि जहाज सिन्पो स्थित सैन्य बेसमा निर्माण भइरहेको छ ।

उक्त पनडुवि जहाज निर्माणको अन्तिम चरणमा रहेको र परिक्षणको तयारि भइरहेको पनि अधिकारीहरुले बताएका छन् । हाल उत्तर कोरिया सँग ७० भन्दा बढी त्यस्ता जहाज रहेको बताइएको छ र ति मध्ये केहि काम नलाग्ने र समुद्र तटीय क्षेत्रमा मात्र काम गर्ने क्षमताका रहेको अधिकारीहरुले बताएका छन् ।

हाल निर्माण गरिरहेको पनडुबी जहाजले १३०० कि मि सम्म मार हान्न सक्ने पनि अधिकारीहरुले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *