दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लिदै , एकै दीन थपिए ७९ जना नयाँ संक्रमित

कोरिया जानाकारी

किशन गौतम

दक्षिण कोरियामा केहि समययता नियन्त्रणमा आएको कोरोना भाइरसको महामारी पुनः देखापर्न थालेको छ ।

बिहिबार मात्र ७९ जना नयाँ संक्रमित देखापरेसंगै भाइरसले थप महामारीको रुप लिन थालेको हो । स्वास्थ्य अधिकारीका अनुसार उक्त संख्यामा नयाँ संक्रमित देखा परेको ५३ दीन पछिको पहिलो घटना हो ।

कोरियामा हाल संक्रमितको संख्या ११ हजार ४ सय ४४ पुगेको छ ।स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय कोरियाको अनलाइन सपिंङ सेन्टर कुपाङको गोदाममा काम गर्ने कामदार बाट फैलिएको कोरोना भाइसरका कारण बिहिबार सम्म ६९ जना सक्रमित भैसकेका छन् l।

ख्याङ्गिदो प्रान्तको बुछेन मा रहेको उक्त गोदाम बाट संक्रमण शुरु भएको थियो ।संक्रमणले महामारीको रुप लिन थालेपछि स्थानीय सरकारले शहरलाई जुन ६ तारिख सम्मको लागि शिल गरेको छ ।

बुछेंन मेयरले बुधबार फेसबुकमा स्टाटस लेख्दै उक्त सपिंग सेन्टरको लिंकमा रहेका ३ हजार ६ सय २६ जना पत्ता लागिसकेकोले स्वास्थ्य परिक्षण शुरु गरेको बताएका छन् ।

यसभन्दा पहिला इथेवनको रात्री क्लबबाट शुरु भएको सामुहिक संक्रमण भने केहि नियन्त्रणमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *