गर्मीमा बाहिर निस्कंदा मास्क लगाउनु भन्दा २ मिटरको दूरी कायम गर्न उपयुक्त

समाचार

टोकियो

जापान सरकारले गर्मी याममा बाहिर निस्कंदा मास्क प्रयोग गर्नुको सट्टामा २ मिटरको दूरी कायम गर्न अपिल गरेको छ ।

वातावरण तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले गर्मी याममा हुनसक्ने हीटस्ट्रोकसंग जोगिन बाहिर निस्कंदा मास्कको प्रयोग गर्नुभन्दा २ मिटरको दूरी कायम राख्न सुझाव दिएका हुन् ।

आपतकाल हटाइएपछि सरकारले तयार पारेको नयाँ जीबनशैली निर्देशिकामा कोरोना भाइरको संक्रमणबाट जोगिन दैनिक जीबनयापनमा अपनाउनुपर्ने विभिन्न व्यववहारहरुका बारेमा उल्लेख गरिएको छ ।

मे २६ तारिक सार्वजनिक गरिएको सो निर्देशिका अनुसार गर्मीका कारण मास्कको प्रयोग गर्दा थप जोखिम हुने भएकाले कठिन शारिरिक परिश्रम गर्दा समेत मास्कको प्रयोग नगर्न सुझाइएको छ ।

वातावरण मन्त्रालयका अनुसार गर्मी याममा मास्कको प्रयोग गर्दा स्वासप्रश्वासमा समस्या पैदा हुने र त्यसले मुटुमा असर गर्ने हुँदा हीटस्टोकको जोखिम बढ्न सक्छ । गर्मी याममा मास्कको प्रयोगले शरिरमा थप भार बढ्ने हुँदा कोठाको आद्रता मिलाउन, झ्याल खुला राख्न र नियमित पानी पिइरहन समेत सुझाव दिइएको छ ।

सन् २०१८ मा जापानमा देखिएको हीटवेभका कारण ५ महिनाभित्र करिब ९५ हजार जना एम्बुलेन्स प्रयोग गरि हस्पिटल गएको तथ्यांकले देखाउँछ । यो बर्ष पनि यस्तै वेभ बढ्न सक्ने सम्भावना देखिएकाले सतर्क रहन स्वास्थ्यसम्बद्ध अधिकारीहरुले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *