कोरियामा विद्यालय खुलेपछी बिद्यार्थीमा कोरोना संक्रमण भेटियो

कोरिया आज

सोल

दक्षिण कोरियामा लामो समयको बन्द पश्चात सरकारले विद्यालयहरु सञ्चालनको अनुमति दिएको छ ।

विद्यालय सञ्चालनको दायरा फराकिलो बनाइए सँगै त्यहाँका किण्डर गार्डेन स्कुलहरु पनि सञ्चालनमा ल्याईएका छन् ।

सञ्चालनमा ल्याईएको छोटो समयमा नै एक विद्यालयमा कोरोना संक्रमणका बिरामी पाइएका छन् ।

राजधानी सोलको एक किण्डर गार्डेन विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थिमा कोरोना संक्रमण पाइएको सोलस्थित शिक्षा विभागका अधिकारीले बताएका छन् ।

नीमा संक्रमण पाइए लगत्तै सो क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गर्ने तयारि गरिएको पनि शिक्षा अधिकारीले बताएका छन् ।

समाचारमा जनाइए अनुसार छ बर्षिय ति विद्यार्थीलाई कोरोना संक्रमण उनका आर्ट पढाउने शिक्षक मार्फत भएको हुन सक्छ किनभने ती आर्ट शिक्षकलाई गत आइतवार मात्र कोरोना पोजेटिभ पाइएको थियो ।

ती शिक्षकले शुक्रवारसम्म ३५ जना विद्यार्थिहरुलाई सिकाएका थिए । विद्यार्थिमा संक्रमण पाइए पश्चात त्यहा अध्ययनरत ९१ जना विद्यार्थि तथा ३ जना शिक्षकहरुको कोरोना परिक्षण गरिएको छ । नतिजा भने आइनसकेको समाचारमा बताइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *