जापान सरकारले घुम्न जाने नागरिकलाई अनिबार्य भ्रमण भत्ता दिने

जापान समाचार

टोकियो- कोरोना संक्रमणका कारण थला परेको अर्थतन्त्रलाई उकास्न जापान सरकारले आफ्नो पर्यटन क्षमतालाई मजबुत बनाउने भएको छ ।

पर्यटन क्षेत्र मार्फत आर्थिक गतिविधि सञ्चालन गर्न सरकारले नागरिकलाई भ्रमण भत्ता दिने तयारी गरेको सरकारी अधिकारीले बताएका छन् ।

‘घुम्न जानुस्’ शिर्षकको सरकारी नयाँ प्याकेज अनुसार स्थानिय पर्यटकिय क्षेत्रको भ्रमण गर्ने जो कोही जापानी नागरिकले पनि सो सरकारी सुविधा पाउने छन् । सरकारले हाल त्यसरि घुम्न जानेहरुका लागि प्रति दिन दुई हजार येन उपलव्ध गराउने योजना गरेको छ ।

जापानी सरकारी अधिकारीका अनुसार स्थानिय ट्राभल एजेन्सी तथा होटलहरुबाट स्थानिय पर्यटकहरुले सरकारी सुविधा प्राप्त गर्ने छन् ।

जुलाई महिनाबाट सुरु गर्ने भनिएको उक्त कार्यक्रम अनुसार सरकारले भ्रमणको न्युनतम खर्चको कमसेकम आधा भार वेहोर्ने योजना गरेको अधिकारीहरु बताउछन् ।

ओलम्पिक खेल सञ्चालन हुन नसकेको, पर्यटकिय क्षेत्रहरु बन्द भएको तथा व्यवसायीहरु टाठ पल्टिएको र कतिपय पर्यटन व्यवसायीहरु टाठ पल्टिने स्थितिमा रहेका कारण सरकारले यस क्षेत्रमा लगानी गर्न लागेको मन्त्रालयले जनाएको छ ।

तत्काललाई पर्यटन प्रवर्धन गर्न १.३ ट्रिलियन येन बजेट विनियोजन गरिएको र यसलाई बढाएर २ ट्रिलियन येन सम्म पुर्याइने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *