काेरियामा काेराेना भाइरस संक्रमण फेरि बढ्यो ,दुई सय बढि विद्यालय बन्द

कोरिया जानाकारी

सोल

कोरोना भाइरस का नयाँ संक्रमित बढेपछि दक्षिण कोरियाले २सय ५१ विद्यालय पुनः बन्द गराएको छ । संक्रमितको संख्यामा निरन्तर कमी आएसँगै केही दिनअघि दक्षिण कोरियामा विद्यालय खोलिएको थियो ।

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन दक्षिण कोरियामा ७९ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या दक्षिण कोरियाका लागि पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै थियो ।

अहिले फेला परेकामध्ये अधिकांश संक्रमित दक्षिण कोरियाको पश्चिमी क्षेत्र बचुनमा रहेको एक डिस्ट्रिब्युसन सेन्टरमा पाइएको थियो । बचुन एक घना बस्ती भएको क्षेत्र हो । त्यसैले अधिकारीहरूले यो क्षेत्रमा कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।बचुनमा मुलुकको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कुपांगको कार्यालय छ ।

अधिकारीहरूले यो कम्पनीले संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।त्यसैगरी, अहिले दक्षिण कोरियामा यो कम्पनीका कर्मचारीसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम भइरहेको छ ।

संक्रमणको दर बढेसँगै बुछन सहरका २५१ विद्यालय पुनः बन्द गरिएको हो । विद्यालय खोल्ने तयारीमा रहेकाहरूले पनि निर्णय परिर्वतन गरेका छन् । बिबिसी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *