सोल
दक्षिण कोरियामा एक नेपाली चेलीको गएराती दुखत नि’धन भएको छ ।
कोरियालाई कार्यस्थल बनाउदै आउनु भएकी कास्की जिल्ला पोखरा घर भएकी अन्दाजी ३० बर्षीय सबी भण्डारी को हृदयघा’त का कारण गएराती मृत्यु भएको एनआरएन कोरियाका सचिब मनोज गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मृ’तक भण्डारी १० बर्ष अघि कोरिया आइ हाल कोरियाको छुङ्जु शहरमा पोखरेली इन्डियन नेपाली रेस्टुरेन्ट संचालन गर्दै आउनु भएको थियो ।उहाँको श्रीमान पनि हाल कोरियामै रहेको बुझिएको छ ।
घटना वारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आज दुतावास बन्द रहेकोले औपचारिक जानकारी प्राप्त भैनसकेको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो ।कोरियामा नेपालीहरुको मृ’त्यु हुने क्रम केहि दीन यता लगातार भैरहेको छ ।
गत सोमबार मात्र धादिङका मैती तामांग को दुर्घ’टनाका कारण मृ’त्यु भएको थियो भने दुइ साता अगाडी स्याङ्जाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृ’त्यु भएको थियो ।पार्थिब शरीर नेपाल लैजाने अबस्था नभएपछी गत आइताबार उंहाको दाहसंस्कार कोरियामै गरिएको थियो ।हेल्लो नेपाल कोरिया डटकम बाट