के-पप स्टार ब्ल्याकपिङ्कको भिडियोले तोड्यो रेकर्ड

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली प्रशिद्ध सांगितिक के-पप ब्याण्ड ब्ल्याकपिङ्कले अमेरिकी पप गायिका लेडी गागाको गीत ‘सोर क्याण्डीमा’ दिएको प्रस्तुतिले नयाँ रेकर्ड प्राप्त गरेको छ ।

उक्त ब्याण्डका एक सदस्यले दिएको जानकारी अनुसार शुक्रवारसम्म सो गित आइट्युनका ५७ वटा सुचिहरुको नम्बर १ मा रहेको छ ।

अमेरिकी पप गायिका लेडी गागाको बहुप्रतिक्षित साङ्गितिक एल्वम ‘क्रोमाटिका’ सार्वजनिकको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको सोही एल्वमको गीत ‘सोर क्याण्डी’मा दक्षिण कोरियाली प्रख्यात के पप व्याण्ड ‘ब्ल्याकपिङ्क’को बलियो उपस्थिति रहेको छ ।

के पपले गाएको उक्त गित चिनियाँ संगित वितरक क्यु-क्युको पनि नम्बर १ मा नै रहेको उक्त ब्याण्डको आधिकारीक कम्पनि वाई जी इन्टरटेनमेन्टले जनाएको छ ।

उक्त गित ब्ल्याकपिङ्कको समुद्रपारका सांगितिक हस्तिसँगको दोश्रो मुख्य सहकार्य हो । यस अघि सन् २०१८ मा ब्रिटिस गायिका दुवा लिपा सँग किस एण्ड मेक अप भन्ने गितमा पनि ब्ल्याकपिङ्कको शसक्त भूमिका रहेको थिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *