बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ

समाचार

काठमान्डौँ

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् ।

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए । उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए ।

भट्टराईले भने, ‘तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं । भर्खरै रुकुकमा जे भयो परिकल्पना पनि गर्न सक्नि । त्यत्रो क्रान्तिको आधार इलाकामा यस्तो प्रतिक्रान्तिकारी हर्कत हुन्छ भने यसरी सामाजिक न्याय हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *