दक्षिण कोरियामा डरलाग्दो मृ’त्यु श्रृङ्खला, दक्षिण कोरियामा हृदयघा’त का कारण पुन: एक नेपालीको नि’धन !

कोरिया जानाकारी

गुरुदत्त न्यौपाने /सोल

रुकुमको मुसिकाेट घर भई दक्षिण काेरियाकाे छन्नानमा कार्यरत दिपक सिंजालीकाे आइतबार राति सुतेको अवस्थामा अचानक हृदयघा’त भई दुखद नि’धन भएको छ।

३९ वर्षिय सिन्जालि छुङ्छङ्नाम्दो छनान आसान एरियामा बिगत १० बर्ष देखि कार्यरत थिए । उनको आइतवार राती २ बजे मृ’त्यु भएको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनुभएको छ ।

उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ ।घटनाको आवश्यक छानबिन र पोष्टमार्टमको तयारी गरिरहेको कोरियन प्रहरी/अस्पताल श्रोतले जनाएको छ ।

मृ’तक सिँजाली

यो अकल्पनीय र दुःखद घडीमा कोरिया स्थित नेपाली राजदुतावास सँग समन्वय गर्दै छिटै परिवारमा सल्लाह गरेर शव व्यवस्थापन गरिने उनको परिवार निकट स्रोतले जनाएको छ।

घटना वारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा घटनाबारे औपचारिक जानकारी प्राप्त भईसकेको र त्यसको आवश्यक प्रकृया पुरा गरिने श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो ।कोरियामा नेपालीहरुको मृ’त्यु हुने क्रम केहि दीन यता लगातार भैरहेको छ ।

गत सोमबार मात्र धादिङका मैती तामांग को दुर्घ’टनाका कारण मृ’त्यु भएको थियो भने दुइ साता अगाडी स्याङ्जाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृ’त्यु भएको थियो ।उनको पार्थिब शरीर नेपाल लैजाने अबस्था नभएपछी गत आइताबार उंहाको दाहसंस्कार कोरियामै गरिएको थियो भने गत हप्ता मात्रै पोखराकी चेली सवि भन्डारीको पनी हृदयघा’तकै कारण ज्यान गएको थियो।

पछिल्लो समयमा दक्षिण कोरियामा हृदयघा’त बाट ज्यान गुमाउने नेपालीको सङ्ख्या ह्वात्तै बढेसंगै यसतर्फ सचेत रहन दुतावासले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *