धर्म,हाम्रो समाज र जातिय विभेदको जन्म !

विचार

रमेश श्रेष्ठ/दक्षिण कोरिया,बिभिन्न धर्महरु छन्।जसमा मानव बिभिन्न तवरबाट ईश्वरले रचना गरेको पाईन्छ तर धर्म र मानिस ईश्वरले नभई ईश्वर र धर्म मानिसका काल्पनिक रचना हुन्।जब मानिसलाई स्थायी सुरक्षाको आवश्यकता पर्यो(ईश्वर सदैव मलाई रक्षा गर्नुहुन्छ)।तब ईश्वर र धर्मका रचना भए।मानिस त्यो व्यक्ति हो जो बाँदर प्रजातिको होमो सिपियन्स नै मानवको विकसित रुप मानिन्छ।

लेखक

मैंले जे सुने देखे र भोगे
डुम(दमाई)ले त्यति पनि सिलाई देन।चमार(सार्की)ले त्यति पनि बनाई दिएन।डांग्रे(कामी)ले त्यति पनि अर्जापी देन।दमिनी भाउजु पीढ़ीलाई ढोगेर बसेको,खाना खाएको थाल-बटुका घाम सुकाएर सुन पानी छर्किएको,चाडबाडमा खशी,कुखुराको तुच्छ सानो भाग दिएको(पुच्छर,खुट्टा,कान आदी)बर्षमा केही अन्नबाली दिएको यस्तै-यस्तै
पोखराको बसाई अनि घर अघिको सडक जहाँ कहिल्यै मैंले बाइक गुडाइन सधै डोर्राए मात्र ।सडक गल्लीमा परिणत थियो।

सडकको बिचमा बल्कले जातिय पर्खाल लगाईएको थियो(तल दलित माथि बाहुन) झन्दै ४ फिटको।यि त मेरा झिना मसिना अनुभव मात्र हुन्।
हिन्दूमा जातिय छुवा-छुत,लिग्ग बिभेद,बलि प्रथा लगायत याबत् कुराले साच्चै मुहार छोपेर,मन दुखाएर म पनि हिन्दु कै सन्तति हु भन्नु परेको अवस्था हो यो।

जातिय बिभेदको जन्म
यस दुनियाँमा हिन्दूको जातिय बिभेद,अमेरिकीको रंगभेद(नश्ल बिभेद) र अटोमनको धार्मिक बिभेद नै मानिसको ठुलो घृणित बिभेद रहेका छन्।जस मध्ये हिन्दू जातिय बिभेद आज भन्दा ३००० बर्ष पैंले इंदो-आर्यान सम्प्रदायले हिन्दुराज्य माथी आक्रमण गरी स्थानियलाई नियन्त्रण गरी दास बनाए।त्यस पछि वर्गीकृत समाजको विकास गरे।उनिहरुले प्रमुख हैसियत(बाहुन र क्षेत्रीको हैसियत)मा कब्जा गरी स्थानीय जनजातिलाई दास बनाए।आफ्नो जनसंख्या भन्दा स्थानियको बाहुल्यता अधिक भएकाले अाफ्नो बिशिस्ट पहिचान गुम्ने जोखिमबाट बच्नको लागी उनिहरुले स्थानीयलाई टुटाएर जातिय वर्ग बिभाजन गरी काम, कर्तव्य र भुमिका तोके।सामाजिक अन्तक्रिया,बिवाह,भोज भतेरमा प्रतिबन्ध गरियो।जुन बिभेद काल्पनिक थियो नकी कानुनी तर यस बिभेदलाई धार्मिक लोक विश्वास तथा अनुस्ठानको स्वभाविक अंग बनाईयो।

जसको कारण हिन्दुधर्म शास्त्र पनि यसै समयमा लेखिएको पाइएको छ।शासकको तर्क यस्तो छ की जातिय व्यवस्था एक एेतिहासिक संयोग नभई एक सनातन वैश्विक वास्तविकता हो।जुन हिन्दु धर्मको मुलभुत तत्वोमा समेटिएको छ भन्दै उन बिभेदको उपयोग गरि सामाजिक पिरामिडको बलियों बनाउने काम गरे।पवित्र हिन्दुधर्मालम्वीहरुलाई यो सिकायो कि यि जातलाई छुन नहुने र छोई छिटो भएमा पुरा समाज अपवित्र हुने हुनाले त्यसकारण यिनीहरुलाई सधैं घृणा गर्नुपर्छ भन्दै कुलिन परिवारले राजनैतिक र सामाजिक विभाजनको बरक़रार राख्नको लागि र आफु सधै बिषेस हैसियतमा रहनको ख़ातिर जातिय बिभेद जारी राखीरहे।जुन अाजसम्म निरन्तर चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *