दक्षिण कोरियाले उत्तर कोरियालाई ४.९ मिलियन अमेरिकी डलर सहयोग गर्ने

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाले उत्तर कोरियालाई ४.९ मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने त्यहाँको एकिकरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त रकम उत्तर कोरियामा विश्वव्यापी तथ्याङ्क प्रविधिको बारेमा त्यहाँका नागरिकहरुलाई सुसुचित गर्ने उद्देश्य सहित संयुक्त राष्ट्रसंघिय कार्यक्रम मार्फत प्रदान गरिने छ ।

संयुक्त राष्ट्रसंघ अन्तरगतको सामाजिक तथा आर्थिक कार्यक्रमको एसिया प्यासिफिक क्षेत्र हेर्ने युनेस्क्यापको संयोजकत्वमा सो रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त सहयोग रकम आगामि ६ बर्ष भित्रमा खर्च गरिसक्नु पर्ने छ । यस बर्षका लागि भने ७,२० हजार अमेरिकी डलर छुट्याइएको मन्त्रालय श्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सम्म पनि उत्तर कोरियाले विश्व स्तरको तथ्याङ्क प्रविधिको अवलम्बन गर्न नसकेको बताउदै यो सहयोगको उद्देश्य उत्तर कोरियालाई विश्व स्तरको तथ्याङ्क तयार गर्न सक्षम बनाउने रहेको पनि बताएको छ । त्यस्तै सो सहयोग दीगो विकासका क्षेत्रमा समेत खर्च गरिने बताइएको छ ।

मन्त्रालयका अनुसार उक्त कार्यक्रम पश्चात उत्तर कोरियाको तथ्याङ्क प्रविधिमा नयाँ आयाम आउने तथा उत्तर कोरिया सँग दक्षिण कोरियाको संयुक्त व्यापार प्रवद्र्धनमा समेत सहयोगि हुने मन्त्रालयको विश्वास रहेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *