दक्षिण कोरियामा मास्क नलगाई यात्रा गरे कारबाही !

कोरिया जानाकारी

गुरुदत्त न्यौपाने/सोल

दक्षिण कोरियामा गत मङ्गलबारदेखि सार्वजनिक यातायातमा यात्रा गर्ने सम्पुर्ण यात्रुहरुलाई मास्क अनिवार्य गरिएको छ ।

‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

मास्क प्रयोग नगरी यात्रा गरेमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई पनी यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ ।

नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् । यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् ।

कोरियामा ११ हजार ५०३ कोरोना सङ्क्रमित छन् भने १० हजार ४२२ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७१ रहेको छ ।साथै ८१० जना उपचारको क्रमम छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *