दक्षिण कोरियाको जनसंख्या ६ महिनामा १० हजार भन्दा बढी घट्यो

कोरिया जानाकारी

किशन गौतम

गएको ६ महिनामा दक्षिण कोरियाको जनसंख्या क्रमिक रुपमा घटेको छ ।

आन्तरिक तथा सुरक्षा मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकअनुसार गएको डिसेम्बरमा ५१ .८५१ मिलियन रहेको सनासंख्या मे को अन्त्यमा आइपुग्दा ५१ .८४१ मिलियनमा झरेको छ ।

सो अबधिमा मृत्यु दर्ता , जन्म दर्ता तथा बसाइसराइ लाई आधार मानि सार्बजनिक गरिएको उक्त तथ्यांकमा सो संख्या १० हजार ५६ले घटेको छ ।

उक्त अबधिमा सबैभन्दा धेरै गत फेब्रुरीमा २ हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ ।

यसरि जनासंख्या घट्नुमा कोभिड-१९ मुख्य कारक तत्व नभएको बताइएको छ । कोभिड-१९का कारण कोरियामा २ ७१ जनाको मात्र मृत्यु भएको छ ।

कोरियामा यसभन्दा अघि सन् २००८को मार्च र २००९ को अप्रिलमा पनि जनसंख्या केहि घटेको थियो भने १ दशक यता भने निरन्तर बढ्दो क्रममा थियो ।हेल्लो कोरिया डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *