जापानले लक डाउन बिनै कसरी कोरोना संक्रमणलाई नियन्त्रण गर्यो ?

जापान समाचार

सोल

दुनिायाँभर कोरोना भाईरुसको संक्रमणको संख्या बढेसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देशहरुले लकडाउन र धेरै टेष्टमा जोड गरेका छन् ।

यस्तो रणनिति अपनाउँदा पनि कतिपय देशमा कोरोना भाईरसका संक्रमितको संख्या कम भएक छैनन् ।नेपालमै पनि लामो समयदेखि लक डाउन गरिरहे पनि पछिल्ला दिनहरुमा झन संक्रमितको संख्यामा बृद्धि भईरहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अहिलेसम्मको तथ्यांक २ लाखभन्दा बढि भईसकेको छ । २४ मार्चदेखि लकडाउन जारी गरिएपछि भारतमा संक्रमितको संख्यामा भने गिरावट आएको छैन । चैत १० बाट लकडाउन सुरु भएको नेपालमा पनि पटकपटक लक डाउन थपिएपछि संक्रमण भने बढि नै रहेको छ ।

यस्तोमा विश्वका कतिपय देशहरुमा लकडाउन गरेरै कोरोना संक्रमणसँग जुध्ने कोसिस भईरहेको छ । तर, जापानमा भने लक डाउनको आलोचना बढेसँगै सम्पूर्ण रुपमा लकडाउनलाई खुल्ला गरिएको छ । आपत्तकाल लागु भएतापनि जापानमा मानिसलाई घर बाहिर निस्किने र काम गर्ने छुट थियो । दुनियाँका बाकी देशहरु जस्तै जापानको सरकारसँग भने देशलाई सम्पूर्ण रुपमा लकडाउन गर्ने अधिकार छैन । त्यहाँका स्थानिय गर्ननरले मानिसलाई घरभित्रै रहनु भनेर अपिल भने गर्न पउँछन् । तर, जापानमा पूर्ण लकडाउन नभएको समयमा पनि संक्रमण बढ्नुको साटो मानिसको आवतजावत कम भएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको नियन्त्रणका लागि अत्याधिक मात्रामा परिक्षण गनुपर्ने भनेको छ । तर, जापानमा भने गम्भिर लक्षण देखिएकाहरुको मात्रै कोरोना परिक्षण गरिएको छ । हालसम्म जापानमा भएका कुल परिक्षणको संख्या हेर्ने हो भने कुल जनसंख्याको ०.२ प्रतिशतको मात्रै परिक्ष्ँण भएको छ । जापानमा यसरी भएको कम परिक्षणमाथि प्रश्न उठ्दा जापानी प्रधानमन्त्री शिन्जो आबेले जापानमा आफूले अपनाएको कन्ट्याक्ट ट्रेर्सिङको रणनितीले संकमण फैलिनबाट रोक्नमा सफल भएको बताएका छन् ।

विश्वरमा कोरोना संक्रमण फैलिन सुरु गर्दा डायमन्ड प्रिन्सेज क्रुज शिपमा फैलिएको संक्रमणलाई जापानले ढिलो ध्यान दिएको कुराको आलोचना भएको थियो । थुप्रै विशेषज्ञहरुले जापानको स्वास्थ्य प्रणालीलाई नै असफल हुने अनुमान लगाएका थिए, र संक्रमण लाखौं मानिसमा हुनसक्ने बताएका थिए । तर, जापान सरकारले भने आफ्नो रणनिति अनुसार काम गरेर कोरोना संक्रमणमाथि जीतको घोषणा गरिदिएको छ ।
प्रधानमन्त्री शिन्जो आबेले करिब डेढ महिनासम्म चलेको स्वास्थ्य आपत्तकाललाई अब सकिएको घोषणा गरिसकेका छन् । आपत्तकाल सकिएको घोषणा गर्दा प्रधानमन्त्री शिन्जोले जापानले खास तरिकाहरु अपनाउँदै कोरोना संक्रमणलाई फैलिनबाट रोक्न सफल भएको बताएका छन् । उनले यो वैश्विक महामारीसँग जुँध्न जापानी मोडल निकै सफल समेत भएको साबित गरेका छन् ।

यस्तोमा विश्वभर भने जापानी मोडल के हो जसले यति सजिलै कोरोना संक्रमणमाथि जीत हासिल गर्न सफल भयो भन्ने कुरा उठिरहेको छ । महामारीलाई फैलिनबाट रोक्न अमेरिका र रुसजस्ता ठूला र सम्पन्न देशहरु असफल हुँदा जापानले भने आफ्नो रणनिति अपनाएर सफल भएको छ ।स्वास्थ्यको स्तरलाई हेर्ने हो भने जापान विश्वभर दोस्रो तहमा पर्छ । २६ प्रतिशतभन्दा धेरै मानिस जापानमा ६५ वर्षभन्दा माथिका छन् । यो उमेर समुह भनेको कोरोना संक्रमणबाट ज्यादा जोखिम हुने समुह भएको विश्वस्वास्थ्य संगठनले बताएको छ । तर, हालसम्मको तथ्यांकलाई हेर्दा जापानमा १६ हजार ७ सय १६ मात्रै कोरोना संक्रमित छन् भने मात्र १ हजारभन्दा कम मानिसको मृत्यु भएको छ ।

ज्याँदा संख्यामा परिक्षण पनि भएको छैन जापानमा । तर, जापानमा भएको स्वास्थ्य सेवाको सुविधाका कारण मासिनलाई यो महामारीसँग जुँध्न सजिलो भएको छ । सामान्य समस्या हुँदा पनि जापानका मानिसहरुले सस्तो र सुविधासम्पन्न स्वास्थ्य प्रणालीका कारण उपचार गराउन सफल भएका छन् ।एसिया टायम्सको एउटा रिपोर्टका अनुसार जापानमा हरेक वर्ष निमोनियाका कारण ठूलो संख्यामा मानिसको मृत्यु हुन्छ । जापानमा अहिले २०१४ पछि ६५ वर्षभन्दा माथीका उमेर समुहका मानिसलाई निमोनियाको उपचार निशुल्क गरिएको छ । जापानले यो रणनिति अपनाएपछि २०१७ मा निमोनियाबाट मृत्यु हुनेको संख्यामा भारी गिराबट आएको थियो । २०१८ मा निमोनियाका कारण जापानमा मृत्यु हुनेको संख्या तेस्रो स्थानबाट झरेर पाचौं स्थानमा पुगेको थियो । यसको कारण नयाँ औषधीको खोज र उपचारका सुविधाहरुलाई कारण मानिएको छ ।
कोरोना संक्रमणका लक्षण पनि निमोनियाको जस्तै हुन्छ । र यसले पनि विरामीलई स्वास प्रस्वासमा असहज बनाउने हुन्छ । निमोनियासँग जुँध्न निकै सुविधा र राम्रो उपचार प्रणाली भएको जापानले अहिले कोरोना संक्रमणलाई नियन्त्रण गर्नमा पनि त्यो रणनिति अपनाएको छ ।

बीबीसी ट्राभलको एक रिपोटका अनुसार टोकियोका डक्टर मीका वाशियो भन्छन, ‘सीटीस्केनले निमोनियाको शुरुवाती चरणको पनि पत्ता लगाउन सकिन्छ र तुरुन्त उपचार सुरु गर्न सकिन्छ । हामीसँग निमोनियाकै बेलामा थुप्रै सुविधाहरुको विकास गरेका छौं । ती उपचार प्रणालीको प्रयोग गरेर हामीले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकेका हौं ।’जापानमा सामुदायीक स्तरमा फैलिएको कोरोना संक्रमणलाई पत्ता लगाएर त्यसलाई नियन्त्रण गरिएको थियो । आफ्नो स्वास्थ्य प्रति जिम्मेबार रहेका जापानका मानिसहरुले कोभिड १९ को प्रभावलाई पनि गम्भिर लिएका थिए । जुन किसिमको स्वास्थ्य संस्कृति जापानमा छ, त्यसले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्नमा मद्दत पुर्याएको देखिन्छ । जापानमा कोरोना संक्रमणको सुरुवात हुनु अगाडी नै मास्क लगाउने संस्कृति थियो । जाडोको समयमा जापानका मानिसहरुले मास्कको प्रयोग गर्थे । जापानी मानिसमा भएका यस्ता थुप्रै बानीहरुका कारण पनि कोरोना भाईरस ज्यादा फैलिनबाट नियन्त्रण भएको हो ।

जापानमा ज्यादा गम्भिर भएका कोरोना संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिरहेको छ । सामान्य लक्षण भएका संक्रमितलाई घरमै बस्न अनुरोध गरेर भोली कोरोना संक्रमणको जोखिम उच्च देखिएमा अस्पतालको बेड आवश्यक पर्ने र गम्भिर भएका कोरोना संक्रमितको उपचारमा बेडको अभाव नहोस भनेर जापानले यस्तो रणनिति अपनाएको छ ।
अर्कातिर कोरोना संक्रमणलाई नियन्त्रण गर्न मुख्य भुमिका खेल्ने सोसियल डिस्टेन्सिङ अरु बेला पनि जापानको आम जिन्दगीको हिस्सा हो । जापानमा मानिसहरु भेटघाट वा कुनै भेलामा पनि एकअर्काको ज्यादै नजिक हुँदैनन् । आफ्नो स्वास्थ्य र सरसफाईप्रति गम्भिर रहेका जापानीहरु मास्क लगाउने, सामाजिक दुरी अपनाउने कुरामा पहिलाबाटै अभ्यस्त छन । पहिलाबाटै भएको संस्कृतिका कारण पनि जापानमा यो महामारीको समयमा उनीहरुलाई यस्ता रणनिति अपनाउन त्यक्ति असहज भएन ।

डायमन्ड प्रिन्सेस क्रुज शिपमा कोरोना संक्रमण देखिएपछि जापानमा यो महामारीको भयावहस्थितिको अन्दाज लगाईएको थियो । त्यसपछि तत्कालै जापानमा महामारीलाई नियन्त्रण गर्न काम सुरु गरियो ।
बिजनेस इनसाइडरको एउटा रिपोर्टका अनुसार जापानमा कन्ट्याक्ट ट्रेर्सिङलाई गम्भिर रुपमा अपनाईयो । त्योसँगै युरोपको तुलनामा एसियामा कोरोना भाईरसको प्रकोप कम हुने शोधकर्ताहरुले बताएका थिए । स्वास्थ्य विशेषज्ञसँगै आम जनताको साझा प्रयासका कारण जापानमा एकाएक अन्य देशभन्दा फरक किसिमले कोरोना भाईरसलाई नियन्त्रण गर्न सकियो ।

जापानमा लक डाउन गरिएन् । बरु, मानिसलाई आग्रह गरियो । हावा नआउने ठाउँमा भेला नहुने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा मात्रै बस्ने, धेरै संंख्यामा मानिस नबस्ने र सार्वजनिक स्थानमा ठूलो संख्यामा भिड नगर्ने भनेर जापान सरकारले आग्रह गर्यो । गत सोमबार जापानका प्रधानमन्त्री शिन्जो आबले पत्रकार सम्मेलन गर्दै जापानी जनतालाई नयाँ जीवनशैली अपनाउन पर्ने र सोचाईमा परिवर्तन ल्याउन आवश्यक भएको घोषणा गरे ।अहिले जापानमा लागु गरिएको स्वास्थ्य आपतकाल हटेको घोषणा भएको छ । तर, सरकारले जनतालाई नयाँ जीवनशैली अपनाएर अगाडी बढ्न आग्रह गरेको छ । विश्वभर लक डाउनले मात्रै कोरोना संक्रमण नियन्त्रणमा आउने भनिएतापनि जापानको यो प्रयास भने अरुभन्दा फरकसँगसँगै बढि उपयोगी देखिएको छ ।बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *