कोरियाबाट ३ करोड ५० लाख कोरियन वोन तलव नपाई एक विदेशी यूवती लखेटिईन !

कोरिया आज

उदय राई

कोरियाबाट एक प्रवासी श्रमिक ३ करोड ५० लाख कोरियन (लगभग ३५ हजार अमेरिकी डलर )तलब नपाई लखेटिए ।

कोरिया प्रवासी श्रमिकले आफ्नो श्रमको ज्याला नपाउने समस्या दिन प्रतिदिन बढी रहेको छ । गत बर्ष ८ महिनाको अवधिमा प्रवासी श्रमिकलाई कम्पनीले नदिएको तलब ८०० अकवोन (६ करोड ६० लाख अमेरिकी डलर) छ।

ख्यागी यजु स्थित एक कृषि फर्ममा काम गर्ने एक कम्बोडियन महिला श्रमिकले आफुले काममा गरेको तलब ३ करोड ५- लाख वोन नपाई स्वदेश फिर्ता भएकी छिन।श्रम विभागमा मुद्दा लगाए पनि १ बर्ष २ महिनासम्ममा पनि समस्या समाधान भएन।

कम्पनी परिबर्तनकोलागि साहुलाई माग गरे पनि अनुमति नदिएको ,रोजगार केन्द्रमा गएर उजुरी गर्दा पनि कर्मचारीले उल्टै साहुसग माफ मागी काम गर्न भनेको थियो। (यो सबै इपिएसमा सबै अधिकार साहुलाई भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *