सोल –
दक्षिण कोरियाको एक अदालतले इन्टरनेटको गलत प्रयोग गर्दै यौ’न जन्य भिडियो उत्पादन तथा वितरण गर्दै आएका अनलाइन च्याटरुमका सञ्चालकलाई १० बर्षको कैद सजाय सुनाएको छ ।
उक्त घटनाका मुख्य अभियुक्त १ ९ बर्षिय किशोरले बालबालिकाहरुलाई जवरजस्ति यौ’नजन्य क्रियाकलाप गर्न लगाई भिडियो बनाएर च्याटरुम मार्फत विक्री गर्दै आएका थिए ।
राजधानी सोल भन्दा ८७ किलोमिटर पुर्वमा अवस्थित छुन्छन शहरका बे थर भएका ती किशोरलाई बालबालिकाको संरक्षण गर्नु पर्नेमा भक्षक भएको ठहर गर्दै अदालतले कम्तिमा ५ ।
बर्षबाट बढीमा १० बर्ष सम्म कैद फैसला सुनाएको हो । अदालतले उनका गतिविधि नियमन नियन्त्रण गर्न आगामी १० बर्ष सम्म विद्युतीय व्रासलेट लगाउन पनि आदेश दिएको छ ।
समाचारमा जनाइए अनुसार ती व्यक्तिले ३ जना बाल बालिकालाई जवरजस्ति यौ’न जन्य गतिविधि गर्न लगाई ७६ वटा भिडियो बनाएर विक्री गराएको आरोप लगाइएको छ त्यस्तै गरि उनी तथा उनको टिमले २६ जनाको व्यक्तिगत विवरण समेत अनाधिकृत रुपमा राखेको आरोप लगाइएको छ ।
अदालतले उनी लगायत उक्त अभियोगमा ( पक्राउ परेका सबैलाई जेल सजायका अलावा आगामी १० बर्ष सम्म महिला तथा बालबालिकाहरुको उपस्थिति हुने कुनै पनि क्षेत्रमा काम गर्न निषेध समेत गरेको छ ।
उक्त मुद्दाको फैसला भएको क्षेत्र वरपर स्थानीयहरुले दोशी उपर कडा भन्दा कडा सजायको माग राख्दै नारा जुलुस समेत गरेका थिए ।हटपाटीबाट