सामान्य लाग्ने पुदिनामा यति धेरै गुण

समाचार

स्वास्थ्य

पुदिना स्वाद थप्न मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अत्यन्तै फाइदाकारक छ । टमाटरको अचार केही गर्दा साह्रै मिठो हुन्छ त त्यो हो पुदिनाको मिश्रण ।

सानो क्षेत्रमा थोरै मेहनतमा मज्जाले उपलब्ध हुने यो झार प्रकृतिमा पर्दछ । यसको पत्ता दैनिक खानामा त प्रयोग गरिन्छ नै, त्यसका अलावा स्वास्थ्य सँग सम्बन्धित अनेकौँ औषधि निर्माणमा पनि पुदिनाको प्रयोग गरिन्छ । यति धेरै गुणकारी पुदिनाका फाइदा जानौँ ।

अनुहारको छाला तथा डण्डीफोर

यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी डण्डिफोर ( पिम्पल्स) हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

तौल कम गर्न सहयोग पुरयाउछ –

यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।

मुखबाट आउने दुर्गन्ध हटाउछ –

पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ र मुखबाट आउने दुर्गन्ध हटाउन समेत सहयोग गर्दछ ।

पाचन प्रक्रिया तन्दुरुस्त राख्दछ –

पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

बान्ता र टाउको दुखाईको समाधान –

पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ ।

स्वासप्रस्वास र खोकीसँग सम्बन्धित समस्याको समाधान –

पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।

स्तनपानमा देखिने समस्याको समाधान –

बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।

स्मरणशक्ति बढाउछ –

एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

तपाईँले पुदिना बारेका यतिधेरै जानकारी लिँदा अल्छी लागेको त छैन नि ? यदि लागेको छ भने यसो गर्नुस :- पुदिना अथवा पुदिना मिसिएको पदार्थको सेवन गर्नुस अल्छि भगाउनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *