सोल–
हालैका दिनहरुमा दक्षिण कोरियामा रहेका उत्तर कोरियाली तथा उत्तर कोरिया विरोधिहरुले प्योङयाङ विरुद्ध विभिन्न प्रदर्शन जारी राखेका छन् ।
उक्त प्रदर्शनसँग सम्बन्धित समाचारहरु बाहिर आए सँगै उत्तर कोरिया दक्षिण कोरिया सँग क्रुद्ध बनेको छ ।
उत्तर कोरियाको आधिकारीक सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार दक्षिण कोरियाले उत्तर कोरिया विरोधि गतिविधि बन्द नगरे त्यसबाट उत्पन्न सम्पुर्ण घटनाको जिम्मेवारी लिनु पर्ने समेत जनाएको छ ।
किम जोङ उनकी बहिनी किम यो जोङले एक वक्तव्य जारी गर्दै दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पनि उसैले लिनुपर्ने भनिएको छ ।
बक्तव्यमा भनिएको छ, ‘यदि दक्षिण कोरियाले ति गतिविधिहरुमा नियन्त्रण नगरे जेउङमाङ्ग हिमाल तर्फको पर्यटकीय यात्रा पनि पुर्ण रुपमा बन्द गरिने छ ।’
किम यो जोङको भनाइ अनुसार यदि दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा दुइ देश बिच सम्पर्क स्थापित गर्ने सम्पर्क केन्द्र समेत बन्द गरिने छ । उत्तर कोरियाले दक्षिण कोरिया सँग सन् २०१८मा भएको सैन्य सम्झौता खारेज गर्ने समेतको चेतावनी दिएको छ ।
उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुलाई उक्साई उत्तर विरोधि गतिविधिमा संलग्न गराईएको, उत्तर कोरियाको विरोध जनाईएका नारा अंकित बेलुनहरु सिमा क्षेत्रमा उडाउने लगायतका गतिविधि हाल दक्षिण कोरियाबाट भइरहेको बताउदै समयमै उक्त समस्याको समाधान नगरे उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मेवार रहन समेत उत्तर कोरियाले चेतावनि दिएको छ ।