कोरोना भाइरस रोकथामका लागि दोस्रो चरणको योजना बनाउँदै जापान

जापान समाचार

टोकियो ।

जापानका बिभिन्न सार्वजनिक अधिकारीहरु र निजी कम्पनीहरू कोरोना भाइरस संक्रमणको दोस्रो चरणबाट बच्न र जोगाउनको लागि तयारी गरिरहेका छन् ।

देशभर जारी आपतकाल हटाइएसंगै संक्रमितहरुको संख्या पनि बढ्न थालेपछि थप सतर्कता अपनाउन सरकारले आग्रह समेत गरेको छ । टोकियो तगायतका ठूला सहरहरुमा बिशेष गरि रात्री बार र क्लबहरुमा सतर्क रहनुपर्ने विज्ञहरुको सुझाव छ । यस्ता व्यवसायहरुबाट कोरोना भाइरस फैलिरहेको र तिब्र रुपमा फैलिन सक्ने अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

अहिले डाउनटाउन क्षेत्रमा रहेको रात्री क्लबहरुमा कोरोना संक्रमण दैनिक फैलिरहेको छ । हामी यस क्षेत्र कडा निगरानी गर्ने छौ र मानिसहरु सतर्क रहनको लागि अनुरोध गर्ने छौ । टोकियो गभर्नर कोइके युरिको कोइकेले शुक्रबार एक पत्रकार सम्मेलनमा भनिन् ।

शुक्रबार टोकियोमा मात्रै २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैनिक कोरोना भाइरस संक्रमणको संख्या बढिरहेको हुनाले टोकियो बसोबास गर्ने व्यक्तिहरुले सतर्कता अपनाउनु पर्ने देखिएको छ ।

जापान सरकारले कोरोना भाइरसका आशंकितहरुमा परिक्षण तीब्र रुपमा बढाइ रहेको छ भने बिभिन्न कम्पनीहरुले टेस्ट किटको उत्पादन बढाईरहेको छ ।

दुई मुख्य इलेक्ट्रोनिक कम्पनीले फुजेरीबाइओलाई कोरोना भाइरस एन्टिजेन टेस्ट बनाउनको लागि मदत गर्ने समेत भएका छन् । यो किटले पिसीआर परिक्षण भन्दा छिटो अर्थात ३० मिनेट भित्र नै कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउने छ ।

तोशिबा कम्पनीले यस किट बनाउनको लागि स्थान र सहायता दिने छ भने हिताची कम्पनीले प्रक्रियालाई अझ सक्षम बनाउन मद्दत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *