थप १८ देशबाट जापान प्रवेशमा प्रतिबन्ध लगाईदै

जापान समाचार

टोकियो

जापानले सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिन थप १८ देशबाट आउने आगन्तुकमाथि प्रवेश प्रतिबन्ध विस्तार गर्ने योजना बनाएको छ ।

जापान प्रवेश गर्नुभन्दा कम्तिमा १४ दिन अघि ति क्षेत्रमा गएका विदेशी नागरिकमा समेत यो नियम लागू हुनेछ ।

प्रतिबन्ध विस्तार गर्ने योजना बनाइएको देशहरुमा क्युबा, लेबनान लगायतका देशहरु समाबेश गरिने छ ।हामी सहि समय आए पछि प्रतिबन्ध विस्तार गर्नेछौ । पररास्ट्र मन्त्री मोतेगी तोसीमिचुले भने ।

टोकियो लगायतका क्षेत्रहरुमा आपतकाल हटेपनि पनि कोरोना भाइरसबाट संक्रमण हुने संख्या दैनिक बढे पछि जापान सरकारले थप देशहरुमा यात्रा प्रतिबन्द लगाउने तयारी गरेको हो ।

जापानले थाइल्याण्ड, भियतनाम, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट आउने आगन्तुकहरुको प्रवेशमा लगाइएको प्रतिबन्ध भने खुकुलो बनाउनेबारे विचार गरिरहेको छ । यी देशमा संक्रमण घटेकोले कोरोना भाइरसको महामारीका कारण लगाइएको प्रवेश प्रतिबन्ध खुकुलो बनाउनेबारे सरकारले विचार गरेको हो ।

पहिलो चरणमा व्यवसायीक प्रयोजनमा आउने आगन्तुकहरु माथिको प्रतिबन्ध हटाइने छ । यससँग सम्बन्धित शर्तहरुबारे जापानले यी चार देशहरुसँग कुराकानी गर्ने बताइएको छ ।

शुक्रबारसम्म जापानले १११ देशमाथि प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसमा अमेरिका, एशियाका अधिकांश देश र सम्पूर्ण यूरोपेली देश र क्षेत्रहरु छन् । अहिलेको प्रतिबन्ध जुनको अन्त्यसम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *