नुवाकोट समाज दक्षिण कोरियाबाट जिल्लामा स्वास्थ्य सामग्री सहयोग

कोरिया जानाकारी

काठमाडौं

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नुवाकोटे युवाले आफ्नो जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, अस्पताल, प्रहरी र सञ्चारकर्मी समेतलाई कोरोना भाइरससम्बद्ध स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

उनीहरुले नुवाकोट समाज दक्षिण कोरियामार्फत व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), सेनिटाइजर, मास्क, पञ्जा, इन्फ्रारेड थर्मोमिटर लगायत सामग्री सहयोग गरेका हुन् ।

कोरियामा रहेका नेपालीबाट रकम संकलन गरी खरिद गरिएका स्वास्थ्य सामग्री संस्थाका प्रतिनिधि यदुकुमार गिरीले जिल्ला समन्वय समितिको कार्यालयबाट हस्तान्तरण गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा आर्थिक संयोजक सुन्दरप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार संस्थाले जिल्लाका १२ वटै स्थानीय तहमा रहेका ८९ स्वास्थ्य संस्था, जिल्ला अस्पताल, प्रहरी र सञ्चारकर्मी समेतलाई गरी झण्डै सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

संस्थाका प्रतिनिधिले एन९५ मास्क, सेनिटाइजर, पञ्जा, बुट, चस्मासहितको पिपिई सेट ९६ थान, एन९५ मास्क २५३१ थान, इन्फ्रारेड थर्मोगन १७ थान, पञ्जा ९६ थान र आधा लिटरको सेनिटाइजर १७१ बोटल जिल्ला समन्वय परिषद्का सन्तमान तामाङलाई हस्तान्तरण गरेका थिए ।

समन्वय परिषद्ले सबै पालिकाका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेको बताइएको छ ।त्रिशूली अस्पताल, रक्त सञ्चार केन्द्र, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीलाई पनि समाजले ती सामग्री उपलब्ध गराएको जनाएको छ ।

संस्थाले अप्ठेरो अवस्थामा सहयोग गर्दै आएको र भविष्यमा पनि यो क्रम जारी रहने अधिकारीले जानकारी दिए ।संकलित रकम र खर्चको हिसाब पनि सार्वजनिक गरिसकेको अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *