कोरिया जान अन्तिम चरण मा पुगेका हजारौं यूवा अन्योल मा

कोरिया आज

राम बुढाथोकी

नेपाली युवा को आकर्षक गन्तव्य को रूपमा रहेको दक्षिण कोरिया इपिएस भाषा परिक्षा पास गरि रोजगारी को शिलशिला मा रोजगार दाता सग श्रम सम्झौता भएर अन्तिम चरण मा पुगेका हजारौं युवायुवति अन्योल मा परेका छ्न ।

दक्षिण कोरिया जान इपिएस भाषा परिक्षा पास गर्नु पर्ने हुन्छ । जसको मान्य अबधी दुई बर्ष को रहेने गर्दछ । कोरिया मा गएर काम गर्ने सपना बुनेका युवाहरुलाइ कोरिया पुगेर काम गर्न त्यति सहज परिस्थिति भने हुदैन इपिएस भाषा परिक्षा पास गरेर लामो समय को पर्खाइ पछि रोजगार दाता ले छनोट गरेको अबस्थामा मात्रा कोरिया जान पाउने नियम छ ।

नेपाल सरकार र कोरिया सरकार को जि टु जि सिस्टम भएपनी सबै कामदार छनोट देखि कोरिया पुग्ने बेला सम्म रोजगारदाताको हात मा भर पर्छ । तर उसलाई आवाश्यक परेको समय मा कामदार नपुग्दा श्रम सम्झौता क्यासिल गर्ने अधिकार रोजगार दाता सग हुन्छ । र धेरै को क्यासिल भएर रोजगार गुमाइरहेका छ्न ।

यस प्रती नेपाल सरकार ले ध्यान नदिने हो भने हजारौं युवायुवती को रोजगार गुम्ने निश्चित छ । उच्च प्रतिस्पर्धा बाट भाषा परिक्षा पास गरि कोरिया मा गएर रोजगार गर्ने युवायुवतीको सपना सुनिस्चित गर्न नेपाल सरकार र कोरिया सरकार बीच सम्झौता हुनु जरुरी देखिन्छ। कोरिया जान भनि युवायुवती ले कोरियन भाषा पढ्ने गर्दछ्न । कति साहु सग पैसा लिएर बिहान को समय मा झोला बोकि जाडो गर्मी नभनी दुख गरेर त्यत्रो प्रतिस्पर्धा को साथ मा पास गर्छ्न ।

अनि कोरिया जान सपना बुन्छ्न । रोजगार दाता ले कहिले छनोट गर्ला ।भन्ने युवायुवति को आकाङ्क्षा रहन्छ । कति पएयुवायुवति हरु रोजगार दाता को छनोट मा नपरी त्यतिकै रोजगार गुमाइरहेका छ्न । उनिहरु को 2 बर्ष को अबधि सकिएको छ । यस्तो बेवारिसे तरिका बाट इपिएस प्रणाली रहेको अबस्थामा आवाश्यक अनुसार पास गरेर कोरिया गएर रोजगार गर्ने वातावरण सर्जना नगरिदिने हो भने इपिएस प्रणाली प्रती प्रश्न उठाउन सक्छन ।

यश सम्बन्धि नेपाल सरकार ले केही सोच्ने हो कि । अहिले उडानको अन्तिम चरण मा पुगेका लगभग 1500 अनि फेरि रोजगारदाताले श्रम सम्झौता पठाएर पनि लेबर क्याट्राक साइन देखि सिसिभिआइ भर्न बाकी 1400 को हाराहारी मा रहेका युवायुवति हरु को रोजगारी गुम्न नदिने गरि इपिएस शाखा ले काम गर्नु आवाश्यक छ । हामी ले कसैको रोजगार गुम्न दिदैनौ भनेर इपिएस ले भने पनि आवाश्यक परेको समय मा कामदार नपुग्दा रोजगारी गुमाउने कुरा छर्लङ्ग छ । केही समय अगाडि मन्त्री परिषद बाट दक्षिण कोरिया जाने युवायुवती को लागि अनुमती दिएको थियो ।पछि बिदा मा आएकाहरु को लागि भनेर भने पनि त्यो चरण पनि खासै प्रभाकारी ढंग को देखिएन ।

अब नेपाल सरकार, श्रम मन्त्रालय , वैदेशिक रोजगार बिभाग , इपिएस कार्यलय को आपासी छलफल को आधारमा छलफल गरेर नपठाउने हो भने हजरौ युवा को रोजगार देखि देश मा आउने रेमिटेन्स पनि संवत् घट्ने देखिन्छ ।नेपाल सरकार ले जापन , अमेरिका, हन्कङको लागि उडान भरिसकेको छ । साथ मा नेपाल को एक मात्रा अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय एयरर्पोट मा सामाजिक दुरि कायम रहने गरि सुरक्षित नीति अबल्म्बन गरि सकेको को छ । अब कोरिया जान अन्तिम चरण मा पुगेका युवाहरु लाई प्रक्रिया पुर्याएर नपठाउने हो भने हजारौ युवा अन्योल मा पर्ने निश्चित छ ।

जापन ,हन्कङ देश को लागि उडान भर्दा कोरिया जान तयार युवा युवती लाई मुख दर्शन बनाउने हो भने युवायुवती को रोजगारी गुम्ने सुनिस्चित छ । यस प्रती नेपाल सरकार ले केही सोच्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *