ईपिएस पिडितको गुनासो,हाम्रो भविस्यमाथी खेलवाड भयो !

समाचार

इपिएस पीडितको भनाई , सम्बन्धि पक्षले चाडो ध्यान दिइयोस ।

नमस्कार सर,रोजगार अनुमति प्रणाली (EPS ) मार्फत नेपालबाट रोजगारीको लागि दक्षिण कोरिया जानका निम्ति भाषा परिक्षाद्वारा कामदार छनौट गरि नेपाल सरकार मार्फत पठाइरहेको कुरा हजुरहरुलाई विधितनै छ । नेपालमा बर्षेनी परिक्षा लिने अनि धेरैलाई उतिर्ण बनाएर लामो समय कुर्न लगाउने गर्नाले नेपाल सरकारले हजारौं यूवाहरुको भबिस्यमाथी नै खेलवाड गरेको देखिन्छ । साथै, सन् २०१७ मा ई.पी.एस. भाषा परिक्षा उतिर्ण भई सबै पक्षमा योग्य ठहराएता पनि हामी बर्षौँ कुर्दा समेत द.कोरिया जान पाइरहेका छैन ।

अत्यन्तै मेहनतले पास त, गरियो तर पास भएको तीन- तीन बर्षको पर्खाइमा पनि ईसु (कामदार जारी ) नभई बिडम्बना: जो बढिमा २ बर्ष मात्र योग्य सुची अर्थात रोष्टरबाट अहिले फालिदैछन २०१७ का ईपीएस, पासार कृषि तर्फ र औद्योगिकमा महिलाहरू लाई ईसु दुई बर्षभित्र सेरियली रुपमा हुँदै आउँदा, हाम्रो डकुमेन्ट ढिला एप्रुभ हुने अहिले ,आएर April र May को करिब ८००-१००० जति ईसु ( कामदार जारीपत्र) हुन बाँकी भएकाहरुको रोष्टर पनि यो May, २०२० बाट हटाईदैछ्न् ।

साथमा घरखेत बेचेर धेरै खर्च पनि भयो त्यतिले समेत नपुगेर सौतेनी ब्याजमा रीन काढेर खर्च गरियो अहिले घर न घाटको भइयो । यसरी एचआर्डी कोरियाले हामी गरीब जनताका छोराछोरीलाई आँखामा छारो हालिरहँदा ई.पी.एस. कार्यालय ग्वार्को मुक्दर्शक बनेर बसिरहेको छ । समग्र ईपीएस प्रणालीमा यति धेरै किन बेथिति ?? हजारौंको भबिस्यमा खेलबाड गरेर १/२ जनाको भबिस्य बनाउनु औचित्य कतिको रहला ? हामी अत्यन्तै मर्माहत छौँ !! । “कोरिया भाषा पास गर्नु कोरिया जानू ग्यारेन्टी होइन” थाहा छ ,तर कोरिया लैजाने सपना देखाएर नलैजान पाइएला र ?? !यो अवस्थामा HRD Korea मा ध्यानाकर्षण गराई पहल गर्नुपर्ने ठाउँमा ईपीएस नेपाल गैरजिम्मेवारी देखिन्छ ।

एक छाक खाईनखाई मेहनत गरेर कोरियन भाषा पास भएर जान पाइदैन भने किन प्रत्येक बर्ष गरीब दुखी जनताका छोराछोरीलाई मानसिक यातना दिएर डिप्रेशनको सिकार बनाउन खोजिदैछ ?? !। पढदै गरेको पढाइ छोडियो । घर न घाटको भइयो ।

पक्कै पनि यस बिषयमा गम्भीर भई सम्बन्धित निकायलाई घच्घचाउनुका साथै ध्यानाकर्षण गराई ईपीएस पीडितको समस्या समाधान फलोअप गरिदिनहुन हार्दिक विनम्रताका साथ अनुरोध गर्दछौं ।

हाम्रो मागहरु;-

१) यो स्थितिमा २०१७ का सबै पासरहरुको रोष्टर डेट १ बर्ष थप गरियोस ,

२) ई.पी.एस. प्रक्रियामा सामेल भई पुर्णरुपमा योग्य पासरलाई कोरिया लाने ग्यारेन्टी दिइयोस ,

३) २०२०/२०२१ को कृषि कोटा बन्द गरि पहिलोलाई प्राथमिक दिइयोस ,

५) ०१७/ को मेनुतर्फका पासर महिलाहरुलाई २०२० को मेनु कोटामा समाबेश गराइयोस ,

६) भाषा उतिर्ण गराउदा आबश्यक मात्रामा मात्रै उतिर्ण गराईयोस ।

७) यति धेरै पासर बाकी हुँदाहुँदै ईपीएस २०२० परिक्षा स्थगित गरेर भएपनी पहिलोलाई प्राथमिकता दिइयोस् ।

हाम्रो गुनासोहरु:-

१) यदि पासरहरु सबै लान नसक्ने भए किन आवस्यक भन्दा बढी पास गराईयो?

२) अघिल्लो वर्ष पास भएका योग्य पासरहरु धेरै हुँदा हुँदै किन पुन परिक्षा गरियो? यो सबै ई,पि,एस नेपालको समन्वय मा हुने काम हो,।

३)अहिलेको अवस्थामा “April /May पछाडि Approve भएका हरुको किन भएन यो प्रकृयामा कस्को जिम्मेवारी हुन्छ HRD Korea अथवा, EPS Nepal कस्को दायित्व हुन्छ ??

४) यदि, हामी कोरिया जान नपाउने हो भने अहिले सम्मको खर्च , समयको मुल्यांकन , हाम्रो मेहनतको मुल्यांकन कस्ले गर्ने,? ?

ई.पी.एस. पीडित नेपाल,
(ई.पी.एस. पासर २०१७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *