उत्तर कोरियामा पोलिटव्युरो बैठक, रसायनिक उद्योगहरुलाई प्रोत्साहन

कोरिया जानाकारी

प्योङयाङ

उत्तर कोरियाली नेता किम जोङ उनले पोलिटव्युरो बैठक सम्पन्न गरेका छन् ।

बैठकमा रसायनिक उद्योगहरुलाई कसरि अझ शसक्त रुपमा अगाडी बढाउने भन्ने बारे छलफल भएको थियो ।

बैठकमा दुई कोरिया बिचको सम्बन्धको विषयमा कुरा हुन सक्ने सम्भावना भएता पनि त्यसो नभएको समाचारमा जनाइएको छ ।

केही दिन अघिबाट दक्षिण कोरियामा भइरहेका उत्तर विरोधि आन्दोलनका कारण उत्तर कोरियाले दक्षिण कोरियालाई धम्की पुर्ण सन्देश पठाएको उत्तर कोरियाको उक्त बैठकमा सो विषयमा पनि छलफल हुन सक्ने आँकलन गरिएको थियो ।

बैठकमा उत्तर कोरियाले आफूलाई कसरि आत्मनिर्भर बनाउने तथा आफ्ना श्रोत र साधनहरुको कसरी सही सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको उत्तर कोरियाली आधिकारीक सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ ।

किमले उक्त बैठकमा आफ्नो देशमा प्रचुर मात्रामा पाइने कोइलालाई ग्यासमा परिणत गर्न सकिने सम्भाव्यताको विषयमा छलफल गरिएको थियो । त्यसो गर्न सकिए उर्जाका क्षेत्रमा नयाँ आयाम आउने किमले बताएका छन् ।

शुक्रवार उत्तर कोरियाले दक्षिण कोरियालाई आफू विरुद्ध भइरहेका प्रदर्शन नरोके परिणाम गलत हुने बताएको थियो । सो घटना पश्चात पोलिटव्युरो बैठकमा उक्त विषय बारे चर्चा हुन सक्ने आँकलन समेत गरिएको थियो ।

उत्तर कोरियाले गत शुक्रवार एक धम्कीपूर्ण वक्तव्य निकालेको थियो । वक्तव्यमा भनिएको थियो- ‘यदि दक्षिण कोरियाले ती गतिविधिहरुमा नियन्त्रण नगरे जेउङमाङ्ग हिमाल तर्फको पर्यटकीय यात्रा पनि पुर्ण रुपमा बन्द गरिने छ ।’

किमका बहिनी किम यो जोङको भनाइ अनुसार यदि दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा दुइ देशबिच सम्पर्क स्थापित गर्ने सम्पर्क केन्द्र समेत बन्द गरिने छ । उत्तर कोरियाले दक्षिण कोरियासँग सन् २०१८मा भएको सैन्य सम्झौता खारेज गर्ने समेतको चेतावनी दिएको छ ।

उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुलाई उक्साई उत्तर विरोधि गतिविधिमा संलग्न गराईएको, उत्तर कोरियाको विरोध जनाईएका नारा अंकित बेलुनहरु सिमा क्षेत्रमा उडाउने लगायतका गतिविधि हाल दक्षिण कोरियाबाट भइरहेको बताउदै समयमै उक्त समस्याको समाधान नगरे उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मेवार रहन समेत उत्तर कोरियाले चेतावनी दिएको थियो ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *