सोल-
हिजो मंगलबारदेखि उत्तर कोरियाले दक्षिण कोरियासँग गरेको सञ्चार सम्पर्क विच्छेदको घटनामा अमेरिकाले मुख खोलेको छ ।
अमेरिकाले उत्तर कोरियाको उक्त कदमप्रति असन्तुष्टी जनाएको छ । दुई देश विच भइरहेको सौहार्द वातावरण नविगार्न पनि अमेरिकाले उत्तर कोरियालाई आग्रह गरेको छ ।
संयुक्त राज्य अमेरिका सँधै दुई कोरियाबिच भईरहेको सम्बन्धमा सुमधुरता तथा अझ प्रगाढताको पक्षमा रहेको जनाउदै उत्तर कोरियालाई सम्बन्ध नबिगार्न हो ।
दुई देश बीच भइरहेका विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न समेत भनेको छ ।
गत शुक्रवार उत्तर कोरियाले दक्षिण कोरियामा प्योङयाङ विरोधि गतिविधि तिव्र रुपमा भइरहेको तथा दक्षिण कोरिया सरकार उक्त मुद्दामा उदासीन भएर बसेको आरोप लगाउदै उसले समयमा नै त्यस किसिमका गतिविधि बन्द नगरिए उत्पन्न परिस्थितिको जिम्मेवारी दक्षिण कोरियाले लिनु पर्ने पनि जनाएको थियो ।
उत्तरले यदि दक्षिण कोरियाको उदासिनता जारी रहेमा सन् २०१८ को सैन्य सम्झौता समेत रद्द गर्ने चेतावनी दिएको थियो ।
हाल दक्षिण कोरियामा आफ्नो देशको नेतृत्वका बारेमा भ्रामक तथा नकारात्मक प्रचार भइरहेको तथा दक्षिण सरकार उक्त मुद्दामा मौन समर्थक भएर बसेको बताउदै उत्तर कोरियाले त्यस्ता गतिविधिलाई निश्तेज बनाइने समेत उल्लेख गरेको छ ।
यदि दक्षिण कोरियाले समयमा नै यस घटनालाई सम्बोधन नगरे उ विरुद्ध कठोर कदम चालिने उत्तर कोरियाले जनाएको छ ।
हाल उत्तर कोरियाले दक्षिणसँग सम्पर्क राख्ने सम्पर्क कार्यालय बन्द गर्ने, दक्षिण सँग हुने सम्पुर्ण सञ्चार सम्पर्क बन्द गर्ने समेत बताएको छ ।
आज मध्यान्नबाट सम्पर्क कार्यालय बन्द गर्ने उत्तर कोरियाले बताइसकेको छ ।हटपाटी