जापानमा कामदारको मनोबल सुचकांक बढ्यो

जापान समाचार

टोकियो ।

जापानी अर्थतन्त्रमा चार महिनायता पहिलो पटक सुधारको संकेत देखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण लगाइएको आपतकाल हटाएर आर्थिक तथा सामाजिक गतिविधिहरु विस्तारै सुचारु हुन थालेसँगै अर्थतन्त्रमा सुधार आएको छ ।

इकोनोमी वाचर्स सर्वेक्षण अनुसार मेमा कामदारहरुको मनोबल सूचकांक १५ दशमलव ५ अंक रहेको छ । अप्रिलमा सूचक ७ दशमलव ९ अंक रहेको थियो ।

सर्वेक्षण ट्याक्सी चालक, शप क्लर्क लगायत २ हजार भन्दा बढी कामदार माझ गरिएको थियो । खुद्रा र रेस्टुरेन्ट क्षेत्रका कामदारको मनोबलमा विशेष सुधार आएको सर्वेक्षणले देखाएको छ ।

यसैबीच सोमबार जापानमा १८ नयाँ संक्रमित फेला परेको अधिकारीहरुले बताएका छन् । योसँगै देशभर संक्रमितको संख्या १७ हजार २२० पुगेको छ । मर्नेको संख्या भने ९१९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *