जापानमा महामारीबीच घट्यो औसत मासिक तलब

जापान समाचार

टोकियो ।

कोरोना भाइरसको महामारीबीच जापानमा कामदारहरुको औसत मासिक तलबमा कमी आएको सरकारी तथ्यांकले देखाएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न स्वेच्छिक रुपमा व्यवसायहरु बन्द हुँदा तलब घटेको हो ।श्रम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा कामदारहरुले औसत २ लाख ७५ हजार येन (२ हजार ५०० डलर) कमाएका छन् ।

यसमा आधारभूत तलब, ओभरटाइम र अन्य भुक्तानीहरु समावेश गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो शून्य दशमलव ६ प्रतिशत कम हो ।तलबमा आएको यो कमी चार महिना यताकै पहिलो भएको मन्त्रालयले बताएको छ । रियल टाइममा गरिएको मूल्य समायोजनाका आधारमा भने यो कमी शून्य दशमलव ७ प्रतिशत भएको बताइएको छ ।

अप्रिलमा फूल टाइम कामदारको औसत तलब ३ लाख ५६ हजार येन (३ हजार २८० डलर) रहेको छ । यो पनि गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशत थोरै हो । यो कमी नौ महिना यताको पहिलो हो ।

सर्वेक्षण अनुसार ओभरटाइमको औसत भुक्तानी पनि एक वर्ष अघिको तुलनामा १२ दशमलव २ प्रतिशतले घटेर २३० डलरमा आएको देखाएको छ । समीक्षा अवधिमा विशेषगरी रेस्टुरेन्ट र मनोरञ्जन व्यवसाय जस्ता सेवा क्षेत्रमा तीव्र कमी आएको छ ।

अप्रिलमा ओभरटाइम घण्टामा अभूतपूर्व कमी आएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *