अमेरिकालाई उत्तर कोरियाको धम्की – ‘दुई कोरियाको मामिलामा नबोल्नु’

कोरिया जानाकारी

सोल

हालै कोरियाली क्षेत्रमा बढदै गइरहेको तनावका कारण दुई देशको सम्बन्धमा थप दरार पैदा भएको छ ।

दुबै देशहरुले अन्तरदेशीय सञ्चार सम्पर्क समेत बन्द गरेको अवस्थामा संयुक्त राज्य अमेरिकाले आपसी समझदारीका आधारमा सम्बन्ध सुधार गर्नु पर्ने बताएको थियो ।

अमेरिकाको सोही समाचारलाई लिएर उत्तर कोरियाले आक्रामक प्रतिकृया दिएको हो । उत्तर कोरियाले अमेरिकालाई आगामी नोभेम्बरमा हुन गइरहेको निर्वाचनमा ध्यान दिन तथा अर्काको मामलामा रौँ ठाडो हुने तरिकाका प्रतिकृया नदिन समेत भनेको छ ।

उत्तर कोरियाको परराष्ट्र मन्त्रालयको अमेरिका विभागका निर्देशक क्वन जङ्ग गुनले अमेरिकाले दुई कोरियाको विचमा भड्किलो प्रतिकृया दिई सम्बन्धलाई थप तनावमा ल्याउन खोजेको आरोप लगाएका छन् ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनए सँगको अन्तरवार्तामा उनले तथ्यहीन तथा आधारहीन भई अर्काको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अमेरिकाको बानी गलत भएको बताउदै सो कार्य तत्काल बन्द गराउन समेत भनेका छन् । उनले अमेरिकालाई उत्तर कोरियासँग सम्बन्धित विषयहरुमा बोल्दा विचार पुर्याउन तथा सके सम्म आफ्नो जिब्रो बन्द गर्न समेत भनेका छन् ।

पछिल्लो समयमा दक्षिण कोरियामा भइरहेका उत्तर कोरिया विरोधि गतिविधि रोक्न दक्षिण कोरियाले सकारात्मक कदम नचालेको बताउदै उत्तर कोरियाले अन्तर देशीय सञ्चार सम्पर्क बन्द गरेको छ ।

सोही विषयलाई लिएर अमेरिकाले दुबै देशहरुलाई संयमित भएर समस्या समाधान गर्न भनेको थियो । अमेरिकाको उक्त भनाई सार्वजनिक भए लगत्तै उत्तर कोरियाको आक्रामक प्रतिकृया आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *