कोरियामा सन् २०२१ को लागि न्युनतम ज्याला बृद्वीको तयारि , अधिकांस रोजगारदाता भने घटाउने पक्षमा

कोरिया जानाकारी

किशन गौतम

कोरियामा सन् २०२१ को लागी न्युनतम ज्याला बृद्वी सम्बन्धि आयोगको प्रारम्भिक बैठक सम्पन्न भएको छ l

मजदुर तथा व्यवसायीहरुको समेत प्रतिनिधित्व रहेको उक्त बैठकमा कोरोनाभाइरसका कारण दक्षिण कोरियाली अर्थव्यवस्थामा पार्ने प्रभावको बारेमा विभिन्न विचारहरू प्रस्तुत भएका छन् ।

बैठकमा पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ब्यापार व्यावसायमा नराम्रो प्रवाब पारेको भन्दै व्यावसायिक प्रतिनिधिहरुले सन् २०२१मा मजदुरको तलब घटाउनु पर्ने तर्क राखेका छन् l

मजदुर युनियनका प्रतिनिधिहरुले कोरोना भाइरसका कारण निम्न आय भएका मजदुरहरुको जीवनस्तर झन् खस्किदै गैरहेकोले सन् २०२१मा ज्याला बढाउनु पर्ने माग राखेका छन् lकोरिया इन्टर्प्राइजेज फेडरेशन र फेडरेशन अफ एसएमईस कोरिया द्वारा संयुक्त रुपमा गरिएको एक सर्बेक्षण अनुसार ८८.१ प्रतिशत साना तथा मझौला व्यावसायिहरुले आगामी बर्षको न्यूनता ज्याला सन् २०२० भन्दा कम वा त्यो बराबरनै हुनु पर्ने बताएका छन् l

त्यसतै ५८ .८ प्रतिशत रोजगारदाताले कामदार कटौती गर्ने बताएका छन् l२७ जना प्रतिनिधि रहेको न्युनतम ज्याला आयोगमा बिभिन्न मजदुर संगठन बाट ९ जना सदस्य रहने गर्दछ l आयोगको प्रारम्भिक बैठक गत महिना नै बस्नु पर्ने भएतापनि कोरोना भाइरसका कारण केहि ढिलाई भएको छ l नियमानुसार जुलाईको अन्त्य सम्म ज्युनतम ज्यालाको टुङ्गो लगाई अगस्ट ५ सम्म आधिकारिक रुपमा घोषणा गर्नु पर्ने हुन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *