टोकियो ।
टोकियो महानगर सरकारले कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखेपछि दिएको चेतावनी फिर्ता लिएको छ ।
टोकियो गभर्नर युरिको कोइकेले जुन २ तारिक ‘टोकियो अलर्ट’ जारी गरेकी थिइन् । बिहिबार चतावनी फिर्ता लिए संगै व्यवसायहरुमा लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको छ ।
अर्को चरणमा खाराओके, आर्केड सेन्टर र पाचिन्को पुन संचालन गर्न दिने, पब र रेस्टुरेन्टहरुलाई लामो समयसम्म खोल्न दिइने लगायतका परिमार्जनहरु गरिने माइनिची सिन्बुनको अनलाइन संस्करणमा उललेख छ ।
“हामी व्यवसायहरुमा लगाइएको प्रतिबन्धहरु खुकुलो बनाउने कार्यको अन्तिम चरणमा पुगेको छौ । हामी आर्थिक र सामाजिक गतिविधिहरु पुन संचालन गर्नको लागि नयाँ तयारी गर्दैछौं ।” – गभर्नर कोइकेले भनिन् ।
उनले कोरोना भाइरस संक्रमणको दोस्रो चरण फैलनबाट जोगाउनको लागि उचित उपायहरु अपनाउनु पर्नेमा समेत जोड दिइन ।
टोकियोमा कोरोना भाइरस संक्रमण नियन्त्रण भएको र चेतावनी फिर्ता लिन तोकिएको अंकको आधारमा मापदण्ड पूरा भएकोले चतावनी फिर्ता लिएको बताइन् ।
स्थानीय अधिकारीहरुका अनुसार अनुसार टोकियोमा स्वास्थ्य सामाग्रीहरुको समेत प्रयाप्त व्यवस्था छ ।
तेस्रो चरणमा समाबेश नगरिएको नाइट क्लब र अन्य यस्तै मनोरञ्जन क्षेत्रहरुलाई जुन १९ तारिकबाट पुन संचालन गर्न दिने भएको छ । सोहि दिनमा रेस्टुरेन्टहरुलाई पनि लामो समय खोल्न अनुमति दिने भएको हो ।nepali in japan