लकडाउनले कोरिया जान नपाएपछी सरकार माथी युवाहरूको आक्रोश,आन्दोलन गर्ने चेतावनी !

कोरिया जानाकारी

ग्वार्को

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने तयारीमा रहेका युवाहरुले कोरिया जाने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

लकडाउनका कारण कोरिया जाने प्रक्रिया पनि स्थगित भएपछि उनीहरु आफ्नो रोजगारीको अवसर गुम्ने हो कि भन्ने चिन्तामा समेत रहेका छन् ।

लामो समयको लकडाउनको कारण कामदार छनोट भएको ३ महिना कट्न लाग्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु डिप्रेसनमा पुगिसकेको उनीहरुले बताएका छन्।

कोरिया जाने सपनाका लागि वर्षौँदेखि काठमाडौंमा भाषा अध्ययन गर्दा लाखौंको ऋण लागिसकेको तर भाषा परीक्षा उत्तीर्ण भएपनि सरकारले पहल नगरेको कारण कोरिया जान नपाएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।

रोजगारदाताले कामदार छनोट गरेको ९० दिनभित्र कम्पनीमा नपुगे रोजगारदाताले अर्को कामदार छनोट गर्न पाउने व्यवस्था रहेको भन्दै चाँडोभन्दा चाँडो कोरिया जाने व्यवस्था मिलाइदिन उनीहरुले आग्रह गरेका छन् ।

तत्काल कोरिया जाने ब्यवस्था नमिलाए आफूहरु आन्दोलनमा उत्रनेसमेत उनीहरुले चेतावानी दिएका छन् । कोरिया जाने प्रक्रियाको थालनी गरिदिन समेत उनीहरुले रातोपाटीमार्फत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *