सरकारले तोकेको उडानबारे ‘दूतावास’ नै बेखबर, भिसा सकिएका नेपाली अन्योलमा !

कोरिया जानाकारी

काठमाडौं

लकडाउनको कारण कोरियामा भिसा अवधि सकिएर अलपत्र परेका नेपालीले निरन्तर उद्दारका लागि माग गरिरहेका छन् ।

तर, सरकारले भने कोरियामा अलपत्र परेका नेपालीहरुबारे चासो दिएको छैन् । आगामी १६ र २० तारिकमा कोरियामा अलपत्र नेपालीको कोरियन एयरबाट उद्दार गर्ने भनिएको थियो ।

तर, उक्त विषयबारे कोरियाको सिओल शहरस्थित रहेको राजदूतावासले कुनै जानकारी नभएको बताएको छ । साथै, राजदूतावासले सरकारले निर्धारित प्राथमिकताको आधारमा लैजाने भन्दै बारम्बार फोन र मेसेज नगर्न भनेको छ ।

‘राजदूतावासले सरकारले निर्धारित प्राथमिकताको आधारमा लैजाने हुँदा राजदूतावासलाई त्यसको सूचना प्राप्त भएपश्चात सोही बमोजिम हवाई टिकट, स्वास्थ्य परीक्षण लगायतको आवश्यक तयारीका लागि सम्बन्धित व्यक्तिहरुलाईअग्रिम जानकारी गराइने र सूचना समेत राखिने हुँदा यस विषयमा बारम्बार फोन र मेसेज गरिरहुन नपर्ने व्यहोरा जानकारी गराइन्छ’ राजदूतावासले सूचना जारी गर्दै भनेको छ ।

हेर्नुहोस जारी सुचना

याे पनि : कोरियामा भिसा अवधि सकिएर नेपालीको बिचल्ली :

दूतावासमा दिए धर्ना, सहयोग पाएनन् ! राजदूतावासले यो सूचना जारी गरेसँगै अलपत्र रहेका नेपालीमा अन्यौल बढेको छ । दूतावासको उक्त सूचना पढेपछि कोरियामा भिसा अवधि सकिएरै अलपत्र परेका सुवास ढकाल भन्छन्,‘हामीले नेपाली दूतावासमा धर्ना दिँदा पनि दूतावासले केही सुनुवाई गरेन् । दूतावास र सम्बन्धित निकायले पहल नगर्दिँदा समस्यामा परेका छौं ।’ जुन १६ र २० तारिकमा नेपालबाट कोरिया आउने भनिएको विमानबारे यथष्ट जानकारी दिएर उक्त विमान फर्कँदा आफूहरुलाई फर्काइदिन अलपत्र नेपालीहरुले सरकारसमक्ष आग्रह गरेका छन् । ढकाल भन्छन्,‘लाग्ने सबै खर्च हामी आफैं व्यहोर्न पनि तयार छौं । तर हामीलाई फर्कने वातावरण बनाइदिनपर्यो ।’

याे पनि : कोरियामा भिसा अवधि सकिएका नेपालीको बिचल्ली : न खल्तीमा पैसा, न दूतावासको सहयोग ! उता, एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदी भने कोरियाका अलपत्र नेपालीलाई नेपाल एयरबाट नेपाल ल्याउने निर्णय भएसँगै आफूहरु मारमा परेको बताउँछन् । उनले भने,‘सरकारले कोरियामा अलपत्र परेका नेपालीहरुको नेपाल एयरलाइन्सबाट उद्दार गर्ने निर्णयले झनै समस्या भएको छ । इपीएस कामदार फेरि मारमा पर्दैछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *