दक्षिण कोरियामा कोरोना बिरुद्ध सामाजिक दूरीलाई प्रभावकारी बनाइने

कोरिया जानाकारी

सोल-

दक्षिण कोरियाली सरकारले राजधानी सोलमा सामाजिक दुरीलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ ।

हालका दिनहरुमा सामाजिक संक्रमणको दर बढ्न थाले सँगै सरकारले उक्त संक्रमणलाई कम बनाउन उक्त कदम चाल्न लागेको प्रधानमन्त्री चुङ सेइ क्युनले बताएका छन् ।

उनले सोलमा संक्रमण पुनः फैलन सक्ने सम्भावनालाई मध्य नजर गर्दै सो निर्णय गरिएको बताएका छन् ।

सरकारले लागु गरेको सामाजिक दुरी कायम गर्ने समय आज सकिदै छ । पछिल्ला दिनहरुमा संक्रमण फैलने दर ह्वात्तै बढेको बताउदै प्रधानमन्त्री क्युनले संक्रमणले राजधानी सोल तथा आसपासका क्षेत्रहरुमा ठूलो प्रभाव पार्न सक्ने भन्दै जनतालाई सरकारको कोरोना रोकथामको अभियानमा साथ दिन अपिल समेत गरेका छन् ।

सरकारले संक्रमण पश्चात सिनेमा हल, संग्राहलय, पार्क जस्ता सार्वजनिक तथा भीडभाडका क्षेत्रहरुलाई २ हप्ता सम्म बन्द गराएको थियो ।

हाल ति स्थानहरु खुला गरिएता पनि संक्रमण फैलिए पश्चात सरकारले सामाजिक दुरी कायम राख्न अनुरोध गरेको हो । सरकारले सामाजिक दुरीलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गराइने समेत स्पष्ट पारेको छ ।

सरकारको उक्त निर्णय राजधानी सोलका अलावा इन्छन तथा ख्यंगी प्रान्तका क्षेत्रहरुमा समेत लागु गरिने छ । पछिल्लो पटक विहिवार मात्र राजधानी सोल र वरपरका क्षेत्रमा क्लस्टर संक्रमणबाट ५६ जनामा कोरोना संक्रमण पाइएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *