कोरीयाबाट रित्तै काठमाण्डौं आएर कामदार लादै कोरीयन एयरलाईन्स, अलपत्र एक हजार नेपालीलाई महंगो भाडामा असारमा ल्याईने ?

कोरिया जानाकारी

सियोल

कोरीयामा भिसा सकिएर अलपत्र परेका एक हजार जति नेपालीले यस अघि पनि दुतावासमा स्वदेश फर्कने बातावरण बनाउन माग गर्दै धर्ना दिएका थिए ।

तर अझै पनि सुनुवाई नभएको र बिचल्लि हुने स्थिति आएको गुनासो गरेका छन् । उनीहरुले मे २४ र जुन ७ मा नेपाली दुतावासमा धर्ना दिएर ज्ञापन पत्र बुझाएका थिए ।

यहि जुन १६र २० मा कोरियन एयर कोरिया बाट खाली रित्तै काठमाण्डौं आएर नेपाल बाट छुट्टीमा गएका नेपाली हरुलाइ कोरिया ल्याउदै छ । तर भिसा सकिएर अध्यागमनमा दुखः पाईरहेका नेपालीहरुले आउने प्रवन्ध अझै नभएको गुनासो गरेका छन् ।

उनीहरुले काठमाण्डौं आउन लागेको कोरीयन जहाजमा फर्कने व्यवस्था गरिदिन पुनः माग गरेका छन् । सरकारले अनुमति दिएर व्यवस्थापन गरे लाग्ने सबै शुल्क आफै तिर्न तयार रहेको कोरीयामा रहेका सुभाष ढकालले बताए । उनकै नेतृत्वमा यस अघि पनि दुतावासमा धर्ना दिईएको थियो ।

कोरीयाबाट रित्तै आउन लागेको जहाजमा नल्याउने तर असार ७ गते नेपाल एयरलाईन्सको चार्टरमा ल्याउने निर्णयले नेपालीहरु थप मर्माहत भएको एनआरएनए कोरीयाका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।
यसले नेपालीहरुलाई महंगो भाडा पर्ने भन्दै उनले अहिले रित्तै आउन लागेको जहाजमा आउने वातावरण बनाउन माग गरे ।

तर कोरीयान एयरलाईन्स छुट्टीमा आएका कामदार लिन आउने बारे भने कुनै जानकारी नपाएको कोरीया स्थित नेपाली राजदुतावासले उल्लेख गरेको छ ।

हेर्नुस् दुतावासको सुचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *