कोरिया सरकारद्वारा नेपाललाई ५० हजार थान पिसिआर किट प्रदान !

कोरिया जानाकारी

काठमाडौंः

दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ ।

देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा राजन पोखरेललाई हस्तान्तरण गरे ।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।

यो पनि पढनुहोस।

नेपाली सहित २३६ यात्रु बोकेर उड्यो कोरियन एयर
गुरुदत्त न्यौपाने /सउल

कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३६ यात्रु बोकेर जहाज सिओल उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान १० वजे कोरियन एयरको एयरबस KE9696 चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको लिङ्क एशिया ट्राभलका सन्चालक नेत्र पौडेलले जनाकारी दिनुभयो।

लामो समयदेखी लकडाउनका कारण विदामा नेपाल गएर रोकिएका नेपालीहरु कोरियन सरकारले आफ्ना नागरिक ल्याउन गरेको चार्टर्ड जहाजमा कोरिया फिर्ता भएका हुन।

उक्त उडानमा १९६ जना नेपाली कोरिया आउदै छन।

कोरियामा अवतरण गरेपश्चात उनिहरु १४ दिन अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने नियम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *