किशन गौतम
दक्षिण कोरियाबाट तत्काल नेपाल फर्किनु पर्ने अबस्थामा रहेका नेपालीलाइ लिएर यहि जुन २० तारिख कोरियन एअर नेपाल जाने भएको छ l
यस अघि २१ तारिख नेपाल एयरलाइन्सले उद्वार उडान मार्फत कोरिया वाट नेपाली फर्काउने हल्ला चलेपनि उक्त उडानको अहिले सम्म कुनै निश्चित भएको छैन l
नेपाल स्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरिया स्थित के एम इ कोअपरेटिभ लिमिटेड बीच सम्झौता भै यहि जुन २० तारिख सनिबार बिहान ५ बजे के.इ ९६९५ को एकतर्फी चार्टर्ड उडान नेपाल जाने भएको एनआरएन कोरियाले जानकारी गराएको छ l
त्यस्तै एनआरएनए कोरियाले उक्त उडानमा नेपाल जान चाहनेको प्राथमिकताको आधारमा नाम सुची समेत प्रकाशित गरेको छ l उक्त उडानको भाडाडर ८ लाख ५० हजार कायम गरिएको छ l
बिस्तृत जानकारीको लागी
Flight No. KE 9695 ( INCHEON INTERNATIONAL AIRPORT – TERMINAL 2
Departure 2020-06-20शनिबर बिहान 05:बजे
नाम टिपाउने नम्बर:: 070-4160-0332/ 070-4160-0333
कागजात पठाउने इमेल:kmetravel5566@gmail.com
हेर्नुहोस को को पर्नुभयो सुचिमा (लिङ्क क्लिक गर्नुहोस)
https://drive.google.com/file/d/1jiILMNJBLsrFB-7m1bbF1eJruj8BvL9r/view