२०१७ कृषितर्फ तीन वर्ष अघि ई.पि.एस पास गरेकाले अझै जान पाएनन् कोरीया, तर परीक्षा बर्षे पिच्छे, बिचल्लिमा हजारौँ युवा !

कोरिया जानाकारी

बुधबार, असाढ ३, २०७७

कोरीया कामदार पठाउने व्यवस्थापन गर्ने बिषयमा सरकार मातहत रहेको सम्बन्धित निकाय ई.पी.एस कोरिया शाखा ग्वार्कोले उपयुक्त विकल्प तयार नपार्दा तीन बर्षदेखि २०१७ मा कृषि तर्फ भाषा परीक्षा पास गरेर बसेका हजारौं युवा अझै काममा जान पाएका छैनन् ।

ई.पी.एस पीडितहरुले सम्बन्धित निकायलाई विगत देखी पटक – पटक ध्यानाकर्षण गराउँदै आइरहेता पनि पीडितको बारेमा कुनैपनि चासो नदेखाएका कारण जब की, उनीहरुको आवस्यक सबै कागजात पूरा हुदाँ समेत अहिले आएर सन् २०१७ मै ई.पी.एस भाषा पास गरेका करिब: १००० जनाको April/ May मा एप्रुभ भएका पासरहरुको यसै मे महिनाबाट उनीहरुको रोष्टरको समेत म्याद सकिएकोछ ।

ईपिएस पीडित नेपाल संघको विज्ञप्तीनुसार महंगो ब्याजमा ऋण काढेर, घर खेत बेचेर दुखः गरेर समेत भाषा पास गरेर पनि काममा जाने व्यवस्था नहुदाँ अहिले घर न घाटको हुने स्थिति आएको भन्दै गंभीर भएर समस्या समाधान गर्न सरकारलाई अपील गरेका छन् । ईपिएस पास गरे पछि २ बर्ष मात्र योग्य हुने रोष्टर छ । कृषि उद्योग तर्फ छुट्याईने कामदारहरुलाई क्रमशः लाने गरीन्छ । तर कोरीयाले दिने कोटामा क्रमिक रुपमा पठाए पनि बर्षे पिच्छे भाषा परीक्षा लिएर आवस्यक भन्दा बढी छनौट भए पछि युवाहरु बेरोजगार बन्नु पर्ने अवस्था देखिएको छ ।

यसरी हामी गरीब जनताका छोराछोरीलाई आँखामा छारो हालिरहँदा ई.पी.एस कार्यालय ग्वार्को मुक्दर्शक बनेर बसिरहेको छ । समग्र ईपीएस प्रणालीमा यति धेरै किन बेथिति ? हजारौंको भबिस्यमा खेलबाड गरेर १/२ जनाको भबिस्य बनाउनु औचित्य कतिको रहला ? हामी अत्यन्तै मर्माहत छौँ । कोरिया भाषा पास गर्नु कोरिया जानू ग्यारेन्टी होइनू थाहा छ ,तर कोरिया लैजाने सपना देखाएर नलैजान पाइएला र ? यो अवस्थामा HRD Korea मा ध्यानाकर्षण गराई पहल गर्नुपर्ने ठाउँमा ई.पी.एस नेपाल गैरजिम्मेवारी देखिन्छ , माग गुनासाहरु निम्ननुसार छन् ।

हाम्रो मागहरु :-

१) कोभिड१९ प्रकोप ध्यानमा राखी २०१७ मा भाषा उतीर्ण भैइ ईशु नभएर रोस्टर अवधी समाप्त भएकाको पुनः १ वर्ष रोस्टर समय थपगरी कोरिया पठाउने ग्यारेन्टी गरियोस ।

२) ई.पी.एस प्रक्रियामा सामेल भई पूर्ण रुपमा योग्य सबै पासरलाई कोरिया लाने ग्यारेन्टी बनाइयोस ।

३) २०२०/२०२१ नंया भाषा परिक्षा स्थगित गरी पहिलोलाई प्राथमिक दिइयोस् अथवा, २०२० को मेनु कोटामा समाबेश गरियोस ।

४) ०१७/ १८ को मेनुतर्फका पासर महिलाहरुलाई २०२० को मेनु कोटामा समाबेश गरिराइयोस

५) भाषा उतिर्ण गराउँदा आबश्यक मात्रामा मात्रै उतिर्ण गराईयोस ।

६) यति धेरै पासर बाँकी हुँदाहुँदै नयाँ रोष्टर सेण्ड प्रकृया स्थगित गरियोस् ।

हाम्रो गुनासोहरु:-

१) यदि पासर हरु सबै लान नसक्ने भए किन आवस्यक्ता भन्दा बढी पास गराईयो?

२) अघिल्लो वर्ष पास भएका योग्य युवाहरु धेरै हुँदा हुँदै किन पुन परिक्षा गरियो? यो सबै ई,पि,एस नेपालको समन्वयमा हुने काम हो ।

३)अहिलेको अवस्था हेर्दा April र May महिना भन्दा अगाडि Approve भएकाहरुको मात्र issued भयो “April/ May पछाडि डकुमेन्ट Approve भएका हरुको किन भएन यो प्रकृयामा कस्को जिम्मेवारी हुन्छ HRD Korea अथवा, EPS Nepal ?

४) यदि हामी कोरिया जान नपाउने हो भने अहिले सम्मको खर्च , समयको मुल्यांकन , हाम्रो मेहनतको मुल्यांकन कस्ले गर्ने,?ई.पी.एस पीडित नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *