उत्तर कोरिया नसच्चिए उसले ठुलो मुल्य चुकाउनुपर्छ – दक्षिण कोरिया

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरुमा उत्तर कोरियाले गरिरहेका गतिविधिहरुको कडा रुपमा भर्त्सना गरेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारि विज्ञप्तिमा उत्तर कोरियाका गतिविधिलाई अर्थहीन तथा निन्दनीय भएको बताउदै सच्चिन चेतावनि समेत दिएको छ । हाल जारी गतिविधि जारी राखेमा सहेर नबस्ने समेत बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनले उत्तर कोरियाका गतिविधिलाई औचित्यहीन भएको बताउदै संयमित हुन भने लगत्तै उत्तर कोरियाका तर्फबाट किम जोङ उनकी बहिनी किम यो जोङले कडा प्रतिकृया दिएकि थिइन् ।

उनले मुनको प्रतिकृयालाई लाज पचेको तथा फूल दिएर फकाउने प्रयास भन्दै प्रतिकृया दिएकी थिईन् । मुनले उत्तर दक्षिण कोरिया सम्बन्ध पछाडी फर्कन नहुने बताउदै संवाद र सहकार्यबाट अझ सुमधुर बनाउनुपर्ने बताए पनि उत्तरले निरन्तर आफ्ना कटु वचनको सिलसिला जारी नै राखेको बताउदै हरेक घटना , परिघटनाको एक निश्चित सिमा हुने तथा सिमा नाघे पश्चात कोहि चुप लागेर नबस्ने समेत बताएका छन् ।

अब उत्तरले दुई देशको सम्बन्धमा दरार ल्याउने कुनै पनि गतिविधिलाई सहेर नबस्ने समेत स्पस्ट पारेको छ ।उत्तर कोरियाले हालै ध्वस्त पारेको सम्पर्क केन्द्र प्रति लक्षित गर्दै दक्षिणले यौटा गम्भिर राजनैतिक गल्तिको संज्ञा दिएको छ ।

दक्षिणले भनेको छ , उत्तरको नाटकवाजी गर्ने पुरानै परम्परा भएता पनि अब ति नाटकले काम नगर्ने समेत स्पष्ट पारेको छ । किम जोङ उन हाल विश्वभर अविश्वसनिय नेताको रुपमा चिनिने गरेको बताउदै उनको छवि थप भयानक नबनाउन समेत दक्षिण कोरियाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *